• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

भुतसिगा: / भुतिसत: / भुस्वगा:


सुभाय् संवाददाताSeptember 28, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौको हनुमानढोका दरबार क्षेत्रमा रहेको मरु सत: काष्ठमण्डपको सामुन्ने रहेको यस सानो खाल्टो प्राय:ले याद गरेको हुँदैन। कुनै समय फुटपाथमा तरकारी बेच्ने घुँइचोले घेरिने र छोपिने भएको यस भुतसिगा:लाई हाल चारैतिरबाट बार लगाई संरक्षित गरिएको छ। यस भुतसिगा: यसको पारिपट्टि रहेको भुतेश्वर महादेवसँग सम्बन्धित रहेको छ। बसन्तपुरबाट काष्ठमण्डप तर्फ आउँदा बाँयापट्टि ठूलो गरुडको मुर्ति देख्नुभएको होला ! हो, त्यहीसँगै रहेको ढुंगाबाट निर्मित गुम्बज शैलीको मन्दिर नै भुतेश्वर महादेवको मन्दिर हो।

यस भुतसिगा: सँगै अर्को खाल्टो पनि रहेको छ, जहाँ आकृती नभएको शिला रहेको छ, जुन काष्ठमण्डपलाई घेरेका अष्टभैरवहरु मध्ये एक मानिन्छ। यी दुबै सँगसँगै रहेकोले प्राय: मानिस झुक्किने गर्दछन्। भुतसिगा: अथवा भुतिसत:को नामले चिनिने यसै स्थानमा प्रत्येक १२ वर्षमा नचाइने श्री पचली भैरवको नाच बेला राजा र पचली भैरव बीच खड्ग साटासाट गरि खड्ग सिद्धि गर्ने गरिन्छ। देशलाई चलाउने प्रमुख व्यक्ती अर्थात् राजाले यसरी खड्ग साटेकोलाई श्री पचली भैरवले शक्ति प्रदान गरेको मानिन्छ भने यसै कारण यस स्थानलाई नेपा: गा: पनि भन्ने गरेको पाइन्छ।

भुतसिगा: बारे विभिन्न कथा किंवदन्तीहरु समाजमा व्याप्त रहेको पाइन्छ। यसै मध्ये एक प्रचलित किंवदन्ती अनुसार, पाटनका राजा सिद्धिनरसिंह मल्लले कृष्ण मन्दिर निर्माण सम्पन्न भएपछी भव्य अग्निहोम, पूजापाठ तथा भोजको आयोजना गरे तर, मधुर सम्बन्ध नरहेकोले उनले काठमाडौका राजा प्रताप मल्ललाई निमन्त्रणा दिएनन्। कस्तो बनेछ भन्ने सोचले व्याकुल भइ प्रताप मल्ल आफ्नो तान्त्रिक शक्तिबाट अदृश्य भइ पाटनमा पुगे र सर्पको रुप लिइ कृष्ण मन्दिर र त्यहाँको माहोल नियाल्न गए। यज्ञ भइरहेको ठाउँमा एक्कासी सर्प देखेपछी सर्पले डस्ने कुराले सबैजना डराए। यसैक्रममा अब के गर्ने भनी राजाले सोध्दा, यहि सर्पलाई यज्ञमा हाली सर्पाहुती यज्ञ गर्ने निधो गरे। यता काठमाडौमा दरबारमा राजा एक्कासी हराएपछी खैलाबैला मच्चियो र प्रख्यात तान्त्रिक गुरु जामन गुभाजुले ध्यान दृष्टिले हेर्दा, सर्पको रुपमा रहेको राजालाई बन्धन राखी यज्ञाहुति गर्न लागेको देखे र उनी आत्तिए। रानीलाई लौन अनर्थै हुन लाग्यो भने हत्तार गरि एउटा पूजाको व्यवस्था मिलाई उनले भूतप्रेतलाई आवहान गरे, र राजालाई फिर्ता लिएर आए भनेको भनेको कुरा खान दिने वचन दिए।

यसपछी ती भूतप्रेतहरु बालक रुपमा यज्ञ भएको स्थानमा गइ बेस्सरी रुन थाले। पूजा तथा यज्ञ गरिरहेको ठाउँमा बालक रुनु अशुभ भन्ने बुझी उनीहरुले के भयो भनी सोधे। बालकहरुले आफूहरु भोकै रहेको कुरा बताए र त्यसपछी उनीहरुलाई खाना खुवाउन सिद्धिनरसिंह मल्लले आदेश दिए। भोजको लागि पकाएको भण्डारै रित्तिने गरि दिएपनी नअघाएपछी, अब के दिउँ भनु सोध्दा, हामीलाई त्यो सर्प दिनुस् भनी मागे। यज्ञ भोजमा आएको अतिथिलाई मान गरि उनले सो सर्प बालकहरुलाई दिए र उनीहरु खुसी भएर त्यहाँबाट फर्के। झण्डै मृत्युको मुखमा पुगेका राजा प्रताप मल्ल दरबारमा पुगेपछी चयनको सास फेरे र जामन गुभाजुले आफ्नो वचन अनुसार ती भूतप्रेतहरुलाई भने भने झैं खुवाए। तर, उनीहरु भूत प्रेत न परे, के अघाउँथे र ! अति नै भएपछी राजासँग सल्लाह गरि यसको उपाय खोजे र भूतप्रेतहरुको स्वामी भगवान शिवको स्थापना गर्ने निर्णय गरे। यसै अनुरुप भुतेश्वर महादेवको आवहान गरि स्थापना गरि, त्यसैको अगाडि मण्डप बनाएर त्यहाँ होमपूजा गरि सोही स्थानमा ती भूतप्रेतहरुलाई स्थान दिएर गाडिदिए। हरेक वर्ष सो स्थानमा पूजा गरि भोजन चढाउँछु भनी भूतप्रेतहरुलाई फकाएर आफ्नो वशमा पारी सो स्थानमा गाडेको मानिन्छ। यसरी भुतप्रेतहरुलाई दिइएको स्थान भएकोले सो स्थानलाई भुतसिगा: भनिएको मानिन्छ।

भुतप्रेतहरु त्यहाँबाट उठेर जागेर आउँलान् भनी त्यहाँ सिद्धि गरि नजिकै रहेको भैरवलाई सो स्थानको रेखदेखको जिम्म दिएको पनि कथा सुन्न पाइन्छ। हाल पनि यस स्थानमा हरेक वर्ष पुजा गर्ने परम्परा रहेको पाइन्छ भने यहाँ पुजा गर्दा नजिकैको भैरवलाई पनि पुज्ने प्रचलन छ। आफ्नो घरपरिवारमा धेरै कलह भइ शान्त नभएमा, भुतप्रेत तथा पिशाचहरुले धेरै सताएमा वा नराम्रो शक्ति तथा कुविद्याहरुले दु:ख दियो भने, यहाँ पुजा गरेमा सबै राम्रो हुने जनविश्वास रहेको पाइन्छ।                                 (जितेन्द्र तुलाधरको फेसबुक वालबाट साभार!)

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑