• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


सुभाय् संवाददाता September 22, 2026 मा प्रकाशित (४५ मिनेट अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

ललितपुर, असोज ६ — नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा साहित्य, संस्कृति र अन्तर्राष्ट्रिय मित्रतालाई समर्पित विशेष कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रममा जापान यात्राका अनुभव समेटिएको पुस्तक विमोचन, विशिष्ट व्यक्तित्व सम्मान तथा म्युजिक भिडियो प्रिमियर प्रदर्शन गरिएको थियो।

राजिप महर्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिजुओका महानगरपालिका, जापानको बहुसांस्कृतिक विदेशी विभागका प्रमुख हिरोकाजु काटो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्व राजदूत डा. मदन भट्टराई, पौभा साय्मी, सुलोचना मानन्धर, नरेश अमात्य,  कदमलाल महर्जन तथा विभिन्न सामाजिक, साहित्यिक र सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि हिरोकाजु काटोले आफ्नो मन्तव्यमा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा हुनु दुवै देशका लागि गर्वको विषय भएको बताए। उनले पछिल्ला वर्षहरूमा आफ्नो नगरमा नेपाली समुदायको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिँदै नेपालीहरू स्थानीय समाजको महत्वपूर्ण हिस्सा बन्दै गएको उल्लेख गरे। उनले नेपाली नागरिकहरूको सहज बसोबास, सामाजिक समायोजन र सुरक्षाका लागि शिजुओका महानगरपालिकाले विभिन्न परामर्श सेवा, कानुनी जानकारी, भाषा सहयोग तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए।

कार्यक्रमको प्रारम्भमा हालैको विनाशकारी बाढी–पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। स्मृति कार्यक्रमममा जनकवि दुर्गालाल श्रेष्ठ,पाटन हकटोलका १०६ वर्षीय स्वर्गिय मन अजिको पनि स्मरण गरिएको थियो । त्यसपछि रिता महर्जनले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रमुख अतिथि हिरोकाजुद्वारा परम्परागत दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। सो अवसरमा साहित्यकार रिता महर्जन ‘ऋतु’द्वारा लिखित जापान नियात्रा कृति ‘म्हगसय् खनागु देय्’ को  विमोचन गरिएको थियो। विमोचित कृतिमाथि पौभा साय्मीले समीक्षा प्रस्तुत गरेका थिए भने सुलोचना मानन्धरले पुस्तक र लेखकका विषयमा आफ्ना अनुभव तथा धारणा व्यक्त गरेकी थिइन्।

कार्यक्रममा नेपाल–जापान सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व राजदूत डा. मदन भट्टराईलाई सम्मान गरिएको थियो। जापानका सम्राट नारुहितोद्वारा प्रदान गरिएको प्रतिष्ठित ‘Order of the Rising Sun’ विभूषण प्राप्त गरेपछि उहाँलाई गरिएको उक्त सम्मानलाई सहभागीहरूले विशेष महत्वका साथ लिएका थिए। मन्तव्यका क्रममा डा. भट्टराईले नेपाल–जापान सम्बन्धको ऐतिहासिक यात्रा र दुई देशबीचको मित्रताको महत्वबारे चर्चा गरेका थिए।

त्यसैगरी, पाँच दशकभन्दा बढी समयदेखि श्री करुणामय (बुंगद्यः) को तस्वीर प्रदर्शन गर्दै नेवा: संस्कृति, भाषा र परम्पराको संरक्षणमा योगदान पुर्‍याउँदै आएका रत्न महर्जनलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानपछि उनले संस्कृति संरक्षणका लागि निरन्तर लागिरहनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रमको अर्को आकर्षण नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठलाई समर्पित ‘यो मन’ म्युजिक भिडियोको प्रिमियर प्रदर्शन थियो। यो मन नेपाल र जापानको  समान संस्कृति र सम्पदा को स्मरण गर्दै लेखिएको छ । प्रा. नरेश महर्जनद्वारा रचित यो गीत , यो मन सच्चिकै नेपाल र जापानको मन जोड्ने गीत बनेको छ ।  भिडियो प्रदर्शनपछि निर्देशक रामकृष्ण खड्गीले यसको निर्माण प्रक्रियाबारे समीक्षा प्रस्तुत गरेका थिए।

प्रा. नरेश महर्जनले कार्यक्रमको उद्देश्य तथा पृष्ठभूमिबारे प्रकाश पार्दै नेपाल र जापानबीचको सांस्कृतिक, शैक्षिक तथा जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको बताए। शुभकामना मन्तव्यका क्रममा नरेश अमात्य र कदमलाल महर्जनले नेपाल–जापान मित्रताको आगामी यात्रा अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षको मन्तव्य राख्दै राजिप महर्जनले नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित नभई संस्कृति, साहित्य, शिक्षा र जनस्तरको भावनात्मक सम्बन्धमा समेत आधारित रहेको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले दुई देशबीचको मित्रता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।

जापानमा ३६ वर्षदेखि बसिरहनुभएका भएक प्रा नरेश महर्जन को सकृयतामा  भएको –जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा नेपाल–जापान मैत्री, साहित्य, संस्कृति तथा कला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित विशेष कार्यक्रम महर्जन रत्नको संयोजन तथा सञ्चालनमा सम्पन्न  भएको थियो।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑