काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १० का सांसद प्रदीप बिष्ट, भक्तपुर क्षेत्र नम्बर २ का सांसद राजीव खत्री, काठमाडौं जिल्ला सभापति राजा शाक्य, चन्द्रागिरि नगरपालिकाका नगरप्रमुखलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय कला, संस्कृति र परम्परा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। मन्त्रीश्रेष्ठले आफूले सुनेका, जानेका र बुझ्दै आएका लाखे परम्परासम्बन्धी प्रसंगहरू सुनाउनुभयो। उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मजिपा लाखे – शान्त भैरवजस्ता मौलिक सांस्कृतिक परम्परा रहेको बताए ।उहाँले पुस्तौँदेखि चलिआएका मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा सांसद, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूले पनि लाखे नाचजस्ता मौलिक सांस्कृतिक परम्पराले स्थानीय पहिचानलाई जीवन्त राख्ने बताएका थिए।
सो अवसरमा संस्कृति संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
स्थानीयवासी, जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको आयोजकले जनाएको छ। 




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५