Maharjan Ratna
श्रद्धासुमन – शहीद धर्मभक्त माथेमा
Maharjan Ratna
संकलन : सुनील उलक बि.सं. १९५३ सालमा वीरशम्शेरले भागवत माथेमालाई काजी र उनका छोरा आदिभक्त माथेमालाई सुब्बा पद दिएका थिए । तर वीरशम्शेरको मृत्यु पछि सत्ताको परिवर्तन हुदै चन्द्रशम्शेर सत्तामा पुगेपछि वीरशम्शेरले नियुक्त गरेका सबैलाई हटाउने क्रममा भागवत तथा उनका छोरा आदिभक्त पनि देश छोड्न बाध्य भए । यसरी देशबाट बाहिरीएका भागवत माथेमा कलकत्तामा ठूलै ब्यापारी बन्न पुगे । यिनै ब्यापारी भागवतका नाती तथा आदिभक्तका छोरा थिए धर्मभक्त । धर्मभक्तको जन्म वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो । बुबा तथा बाजेको बसाई कलकत्ता भएको हुदा वहाको





