• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 12, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  व्यक्तित्व

श्रद्धासुमन – शहीद धर्मभक्त माथेमा

सुभाय् संवाददाता January 30, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

संकलन : सुनील उलक

बि.सं. १९५३ सालमा वीरशम्शेरले भागवत माथेमालाई काजी र उनका छोरा आदिभक्त माथेमालाई सुब्बा पद दिएका थिए । तर वीरशम्शेरको मृत्यु पछि सत्ताको परिवर्तन हुदै चन्द्रशम्शेर सत्तामा पुगेपछि वीरशम्शेरले नियुक्त गरेका सबैलाई हटाउने क्रममा भागवत तथा उनका छोरा आदिभक्त पनि देश छोड्न बाध्य भए । यसरी देशबाट बाहिरीएका भागवत माथेमा कलकत्तामा ठूलै ब्यापारी बन्न पुगे । यिनै ब्यापारी भागवतका नाती तथा आदिभक्तका छोरा थिए धर्मभक्त ।

धर्मभक्तको जन्म वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो । बुबा तथा बाजेको बसाई कलकत्ता भएको हुदा वहाको पढाई दार्जिलिङ तथा कलकत्तामा भएको थियो । कलकत्तामा रहदा नै ब्यायाम गर्ने गर्नुहुन्थ्यो । वहा बङ्गाल च्याम्पियन बन्न पनि सफल हुनुभएको थियो । यसरी पहलवान तथा शारिरिक सुगठनमा नाम कमाएको देखे पछि रुद्रशम्शेरले काठमाडौ ल्याएर चारबुर्जा दरवार नजिकै राखे । १९९० मा रुद्रशम्शेरलाई जुद्धशम्शेरले पाल्पा धपाए पछि धर्मभक्तले जुक्ति खेली जुद्धशम्शेरकै नाती नरशम्शेरसंग मित्रता गाँसे र उनलाई ब्यायाम सिकाउन थाले । पछि युवराज महेन्द्रका ब्यायाम शिक्षक बन्न सफल भए पछि राजा त्रिभुवनसंग सम्पर्क भयो ।

बि.सं. १९९७ माघ ७ मा राजद्रोहको आरोपमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई मृत्यदण्ड, रामहरि शर्मा र टंक शर्मालगायत ३९ जना ब्राह्मण भएकाले आजीवन काराबासदेखि दुई महिनासम्म कैद, ३२ जनालाई १० देखि पाँच सयसम्म जरिवानाको फैसला राणाकालीन प्रधान न्यायालय प्रमुख बहादुर शमशेर र प्रधानमन्त्री जुद्ध शमशेरको तजबिजबाट फैसला भएको थियो ।

बि‍सं‍ १९९७ माघ १२ गतेको राति नै राणा प्रधानमन्त्री जुद्धशम्शेरका नाती तथा बहादुरशम्शेरका छोरा नरशम्शेर तथा केही आठपहरियाको साथ धर्मभक्तलाई लिएर हिडे । राती ९ बजे अध्यारोमा धर्मभक्त माथेमालाइ सिफलकाे उकालाे छेउकाे रूख नजिकै पुर्याइयो । त्यहाँ पहिले नै डोरी बाँधेर राखिएको थियो । निकै मोटाघाटा धर्मभक्तलाई त्यस डोरीमा झुन्ड्याइयाे तर माेटाघाटा भएकाेले हांगा लच्किएर जमिनमा खुट्टाले छाेयाे । अर्काे माेटाे हांगामा झुण्ड्याइयाे फेरी डाेरी नै चुडियाे । म त फेरी बाँचे भन्दा नरशम्शेरले फेरि झुन्ड्याउने हो भने । यो सुनेर धर्मभक्तले कसेर एक लात नरशम्शेरलाई हान्दा नरशम्शेर घाईते भएका थिए । रिसले बहुलाएका नरशम्शेरले धर्मभक्तलाई बेस्सरी पिट्न लगाए । अन्तमा बेहोस भएका धर्मभक्तलाई डोरीमा झुन्ड्याइयो । बिहानीपख मृत्यु भएका धर्मभक्तको शव दिउसो ४ बजेसम्म पनि कसैलाई उठाउन दिइएन । धर्मभक्तको छातीमा पनि लेखिएको थियो, “संस्था खडा गरी दुनिया भड्काउन पर्चा छरी, हातहतियार खोजी, केही जम्मा गरी श्री ३ र रोलवाला जर्नेलहरूको गाथ विताई राजकाज समेत आफुले चलाउने प्रयास गरेको हुनाले यस्तो सजाय भयो”।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑