Maharjan Ratna
ललितपुरमा ज्येष्ठ नागरिक फोटो प्रदर्शनी
Maharjan Ratna
शकुन्तला राना मगर, काठमाडौं / राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी सम्पन्न भएको छ । शनिबार ललितपुरको पाटन दरबार क्षेत्रमा प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएका थिए। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा गरिएको उक्त प्रदर्शनीमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर राखिएको थियो । प्रदर्शनीका क्रममा आयोजित औपचारिक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझेसम्मको काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्य गरेर अगाडि बढ्न





