Maharjan Ratna
नरेश श्रेष्ठलाई विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार
Maharjan Ratna
काठमाडौँ, १० भदौ (रासस) / विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार यस वर्ष द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । दुई दशकअघिदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ । फोटो पत्रकारिताको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नुभएका वरिष्ठ फोटो पत्रकार नातिकाजी महर्जनले आफ्नी धर्मपत्नी विष्णुदेवी महर्जनसमेतको नाममा यो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशि रु १०,०००/ रहेको छ । विष्णु–नाति फोटो पत्रकारिता सिरपाः गुथिद्वारा आज राजधानी आयोजित एक कार्यक्रममा बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनले फोटो पत्रकार श्रेष्ठलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हो





