• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 26, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

एनआरएनए अष्ट्रेलियाको निर्वाचन भोलि , नेतृत्वमा कसले बाजी मार्ला ?


सुभाय् संवाददाता July 28, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

एनआरएनए अष्ट्रेलियाको निर्वाचन भोलि शनिवार , नेतृत्वमा कसले बाजी मार्छ होला?

२७ जुलाई २०२३, सिड्नी/अहिले चर्चाको विषय बनेको छ गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावको । भोलि शनिबार नेतृत्व चयनका निम्ति निर्वाचन हुँदैछ । सन् २००५ मा स्थापना भएयता संघको १० औं अध्यक्षका लागि यस पटक निर्वाचन हुन लागेको हो भने यसपटक स्पष्ट रुपमा तीन प्यानल चुनावी मैदानमा देखिएका छन् ।

केन्द्रिय अध्यक्षका लागि उम्मेद्वारी दिएका तीनैजना प्रतिस्पधीहरु न्यू साउथ वेल्स राज्यबाटै रहेका छन् ।
दिला खरेल , देव बहादुर गुरुङ अनिल पोखरेल आआफ्नो क्षेत्रमा राम्रो प्रभाव र पहिचान बनाउन सफल व्यक्तिहरु हुन् भने कसले जित्लान् नेतृत्व भन्ने कौतुहलता भने कायमै रहेको छ ।

अध्यक्षका दावेदार रहेका तीन उम्मेदवारहरुको परिचय:

अनिल पोखरेल
तीनमध्येसबैभन्दा युवा अनिल पोखलेल पनि पेशाले सिपिए हुन् । उनले बिभिन्न कम्पनीहरुमा आर्थिक ब्यबस्थापनमा काम गरेको अनुभवसहित हाल एक अष्टेलियन कम्पनीमा फाइनान्स म्यानेजरका रुपमा काम गरिरहेका छन् । बिशेषगरी पछिल्लो २ कार्यकाल संस्थाको नेशनल ट्रेजररको पदमा रही काम शुरु गरेदेखि उनले संस्थाको आर्थिक पारदर्शिताको विषयलाई प्राथमिकतामा राखी काम गर्दै आएका छन् । त्यसैगरी, एनआरएनएलाई प्रबिधिमैत्री बनाउने, नीतिगत तहमा यहाँको सरकारसंग समन्वय गरी नेपाली समुदायको लागि ग्रान्ट लिन पहल गर्ने, युवा र विद्यार्थीका लागि बिभिन्न दुरगामी महत्वका कामहरु गर्ने र एनआरएनएलाई क्गकतबष्लबदभि ख्यगिलतभभचष्लन मोडलमा अघि बढाउने चाहनासहित उनी चुनावी मैदानमा छन् ।

देब बहादुर गुरुङ
ब्रिटीश सेनामा २० बर्ष सेवा गरी अष्टेलिया आइ यहाँको सेनामा पनि सेवा गरेर रिटायर्ड जीवन बिताइरहेका देब गुरुङ बिभिन्न सामाजिक संघसंस्था र गैरआवासिय नेपाली संघमा पनि सुरुदेखि नै संलग्न हुँदै आएका हुन् । २०१७ देखि २०१९ मा संघको सचिव, र त्यसपछि हालसम्म लगातार २ कार्यकाल संघको उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक भएर काम गरेका उनले हालसम्मका अनुभवसहित संस्थालाई अब्बल सामाजिक संस्थाको रुपमा अघि बढाउने भिजनसहित आएको बताउने गरेका छन् । यहाँको नेपाली समाजमा पूर्णकालीन समाजसेवामा लाग्ने कम नेपालीहरुमध्ये उनी एक मानिन्छन् ।

डिला खरेल
अर्कातर्फ सन् २००६ मा अष्टेलिया आएपश्चात बिद्यार्थी कालदेखि नै संस्थामा आबद्ध भइ बिभिन्न जिम्मेवारी र भूमिकामा रहँदै आएका डिला खरेल पेशाले चाटर्ड एकाउन्टेन्ट तथा फाइनान्सियल एड्भाइजर र उद्यमी समेत हुन् । उनी एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम भनेर चिनिने नेपाल फेस्टिबलमा नेपाल र नेपालीको परिचयात्मक नेपाल हाउसको परिकल्पनाकार मात्रै नभइ एनआरएनए अस्ट्रेलियाभित्र व्यवसायीको हक–हितको लागि राष्ट्रिय उद्यमी सम्मेलनको शुरुवातकर्ता पनि हुन् । एनआरएनए अष्ट्रेलियामा सन् २०१५–१७ मा कोषाध्यक्षको रुपमा काम गरेका उनले २०१७ – २०१९ को कार्यकालमा प्रवक्ताको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए । अध्यक्षमा विजयी भएमा युवा तथा विद्यार्थीका मुद्दा सम्बोधनदेखि यहाँका उद्यमीलाई नेपालको विकाससंग जोड्ने गरी पोलिसी लेभलमा ब्यापक सुधार गर्ने उनको योजना छ ।

लगातार २ कार्यकालभन्दा बढी एउटै राज्यबाट नेतृत्वको दावी गर्न नपाउने बिधानमा ब्यबस्था भएकोले यो पटक संस्थाको नेतृत्व न्यू साउथ वेल्सले पाएमा अर्को २ कार्यकाल यो राज्यले दावी गर्न पाउनेछैन । त्यसैले पनि यस पटकको निर्वाचन न्यू साउथ वेल्स राज्यबाट नेतृत्वका आकाँक्षीहरुका लागि अझै पेचिलो बनेको छ ।

नयाँ नेतृत्वका चुनौतिहरु केके छन् ?

नयाँ तथा पुराना गरेर झण्डै एक लाख बढी नेपालीहरु अहिले अष्ट्रेलियामा सुन्दर भविष्यको गोरेटो कोरिरहेको तथ्याँक छ । एकातर्फ यहाँका नेपालीको पहिलो पुस्ताको संघर्ष र सफलतालाई अष्टेलियाको स्थानीय समुदायसम्म पुर्याउनु छ भने अर्कातर्फ नेपाल र अष्टेलिया सरकारसंग बिभिन्न तहमा सहकार्य गरी नीतिगत रुपमा सुधार गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यस्तै, यहाँको स्थानीय राजनीतिमा पहुँच बढाउने, नेपाली समुदायिक भवन निर्माण, दोस्रो र तेस्रो पुस्ताको नेपालीको विषय, बिद्यार्थी तथा युवाका समस्या, उद्यमी र ब्यापारीका गुनासा, लगानीकर्ताको माग अनि प्रबिधिले ल्याएको परिवर्तनसंगै यहाँका नेपालीको समयसापेक्ष जीवनस्तर सुधारका लागि एनआरएनएले धेरै कामहरु गर्नुपर्ने छ ।

हरेक २ बर्षमा हुने एनआरएए निर्वाचनमा उम्मेदवारहरुले यिनै मुद्धाहरुका अलावा संस्थाको शुद्धीकरण, सामाजिक सेवा तथा नेपाल र अष्टेलिया सरकारसंगका नीतिगत तहमा सुधारका बिषयमा बुलन्द आवाज उठाउने गरेपनि समय सापेक्ष संस्थाले यहाँका नेपालीहरुको मन भने जित्न सकेको छैन । सामाजिक गैर नाफामूलक र गैर राजनीतिक संस्थाका रुपमा दर्ता भएको एनआरएनए अष्टेलिया राजनीतिक दलको भातृ संगठनको आडमा चलेको आरोप पनि लाग्ने गरेको छ । अझै नेपालकै राजनीतिक दलको निर्देशनमा प्यानल नै बनाएर उममेद्वारहरु निर्वाचनमा होमिनुले संस्थामा समाजसेवा कम र राजनीति बढी भएको हो कि भन्ने भान हुने गरेको छ ।

यी सबै तथ्यहरुलाई आगामि नेतृत्वले चिर्न सक्नुपर्ने स्पष्ट देखिन्छ ।
आजको मूल प्रश्न आखिर कुन प्यानलले बाजी मार्ला त एनआरएनए अष्ट्रेलियामा !

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑