• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

“जय जय जय लाखय्”को दोस्रो गीतको भिडियो विमोचित


सुभाय् संवाददाता August 14, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /इन्द्रजात्रामा काठमाडौंमा रंजितकार (छिपा) समुदायले निकालिने लाखेको बारेमा बनाइएको एनिमेटेड चलचित्रमा जय जय लाखय् को दोस्रो गीतको विमोचन काठमाडौंमा भव्य समारोहबीच गरिएको छ ।
लाखय् आजु नेवार धर्म संस्कृतिको एक महत्त्वपूर्ण पक्ष हो । यसको विशेष महत्त्व रहेको छ भने यसका गहन किम्वदन्ती तथा धार्मिक सांस्कृतिक महत्त्वका तथ्यहरु पनि रहेका छन् । गुंला लाखय् बिभिन्न स्थानमा जुनसुकै जातिका मानिसले निकाल्न सकिने परम्परा रहेको छ भने काठमाडौंको मजिपा: लाखय् को सवालमा भने यो यहीँको रंजितकार (छिपा) समुदायले मात्र लाखय् बन्ने अवसर पाउने गर्दछ ।
यस विषयवस्तुमा आधारित रहेर लन्डनमा रहेका संयुक्त श्रेष्ठ तथा उनका भाइ नियुक्त श्रेष्ठले संगुक्त रुपमा एनिमेशन गरी नेवार भाषा तथा खस नेपाली भाषामा निर्माण गरिएको चलचित्र हो जय जय लाखय् । यसै चलचित्रको दोश्रो गीत ‘हाकू सुपाँययात हे याउँक चीकेफुम्ह’ सार्वजनिक गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नेवा:अगुवा, मानव अधिकारकर्मी मल्ल के. सुन्दर लगायतका व्यक्तित्वको उपस्थितीमा गीत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा धेरै चलचित्रकर्मी तथा नेवा: अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
वर्ल्ड नेवा: अर्गनाइजेसनका अध्यक्ष समेत रहेका संयुक्त श्रेष्ठले सताब्दी पुरुष सत्यमोहन जोशी प्रेरणामा यस चलचित्रको निर्माण कार्य अगाडि बढाएका हुन् ।
सार्वजनिक गरिएको गीतमा स्वर सतिश महर्जनको रहेको छ भने संगीत विश्व शाहीले दिएका छन् । शब्द संयुुक्त श्रेष्ठकै रहेको छ । चलचित्रमा कथा शताब्दी पुरुष स्व. डा. सत्यमोहन जोशीको रहेको छ ।
नेपाल भाषाको पहिलो एनिमेटेड फिल्म “शंखधर साख्वाःया बाखं” ‘दि लिजेन्ड अफ शंखधर’ निर्माण गरेका संयुक्तले यस जय जय लाखय् को पनि निर्माण कार्य गरेका हुन् ।

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑