• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

पर्यटन फोटो पत्रकारिता तालिम लिनेलाई प्रमाण पत्र प्रदान – “पर्यटन प्रवर्द्धनको लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण”


सुभाय् संवाददाता September 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं / नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले पत्रकारहरुका लागि आयोजित दुई छुट्टाछ्ट्टै फोटोपत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा नेपाल पोटो पत्रकार समूह, संचारिका समूहसंगको सहकार्य तथा सिटिजन्स मिडियाको प्राविधिक संयोजनमा असार १२ देखि १४ गतेसम्म महिला संचारकर्मीहरुका लागि तथा साउन २ देखि ४ गतेसम्म अन्य संचारकर्मीहरुका लागि पर्यटन फोटो पत्रकारिता प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा ५५ जना महिला संचारकर्मी तथा ५० जना पुरुष संचारकर्मीहरु गरि जना १ सय ५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा.धनन्जय रेग्मीले नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको बताउनु भयो । देशको पर्यटनका बारेमा लेखिने सकारात्मक समाचारले देशकै छवि निर्माणमा सहयोग पुगने उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीका) पोर्टफेलियो म्यानेजर कल्पना सरकारले युएनडिपीले समावेशीतालाई ध्यान दिंदै विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकारहरुका लागि आयोजित यो तालिम महत्वपूर्ण भएको बताउँदै आउदा दिनमा पनि यस खालका तालीमहरुमा सहकार्य गरिने प्रतिवद्धता जनाउनु भयो ।
संचारिका समूहका अध्यक्ष विमला तुम्खेवा, एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्त,प्रशिक्षक किशोर श्रेष्ठ, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडी, प्रशिक्षार्थीका तर्फबाट राजेन्द्र श्रेष्ठ, शुशीला बस्नेत लगायतले तालिमले पत्रकारहरुको व्यवसायिक क्षमता अभिृवृद्धिमा सहयोग पुग्ने बताउनु भयो ।
तालीममा वरिष्ठ फोटोपत्रकार मिनरत्न बजाचार्य, किशोर श्रेष्ठ, राजन काफ्ले तथा फोटोपत्रकार प्रदीप कुमार क्षेष्ठ, सुनिल शर्मा, शुशिल श्रेष्ठ, सुनिल शर्मा, सागर श्रेष्ठ ले क्यामेराको संचालन, फोटोको महत्व, यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिनु भएको थियो । यस्तै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको समग्र पर्यटन तथा पर्यटन फोटोग्राफिमा तथा फोटोग्राफिमा गोपनीयता लगायत अन्य कानूनी पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑