Maharjan Ratna
धुतङ्गधारीहरु लुम्बिनीसम्मको शान्ति पदयात्राको निम्ति स्वयम्भूबाट हिंडे !
Maharjan Ratna
काठमाडौं /थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुले स्वयम्भूदेखि लुम्बिनीसम्मको पदयात्रा सुरु गरेका छन् । काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी बिहारबाट ६० जना भिक्षुहरु लुम्बिनीको निग्लिहवासम्मको शान्ति पदयात्राको निम्ति फागुन १ गते बिहान निस्केका हुन् । शान्ति पदयात्राको क्रममा उहाँहरुले सबैभन्दा पहिला स्वयम्भू महाचैत्य परिक्रमा गरि बुद्ध पुजा गरेर हिंड्नुभएको थियो । पहिलो दिन धुतांगधारी भिक्षुहरु बौद्धमा जानुभएको र त्यहाँ पनि बुद्ध पुजा गर्नुभएको थियो भने नर: बुद्ध विहारमा भोजन दान गरिएको थियो । यस पदयात्रामा स्वयम्भूदेखि लुम्बिनीसम्म शान्तिदीप पनि साथै लगिने र साँझपख बास बस्ने विभिन्न स्थानमा शान्तिदीप प्रज्वलन गर्न स्वयम्भूबाटै शान्तिदीप बालेर हिंडेका





