• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

काठमाडौं महानगरले ४ करोडको चेक लुम्बिनी वज्रयान विहारलाई हस्तान्तरण गर्‍यो (भिडियो सहित)


सुभाय् संवाददाताFebruary 8, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं / लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान विहारको निम्ति यें(काठमाडौं ) महानगर पालिकाको अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरियो ।
काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले बज्रयान विहारका प्रमुख प्रो डा. नरेश मान बज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरणका निम्ति काठमाडौंको खुसिबुस्थित नेपा: बैंक्वेटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी , संंघीय सांसदहरु जीवनराम श्ररेष्ठ    बिना श्रेष्ठ , प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य पूर्वमन्त्री बुद्धि राज बज्राचार्य लगायतका व्यक्तिहरु अतिथिको रुपमा आउनुभएको थियो ।
कार्यक्रममा बोल्दै महाविहार प्रमुख प्रा. डा. नरेश मान बज्राचार्यले भन्नुभयो ” हाम्रा पूर्खाले धेरै सम्पदा बनाएर गए तर कुनै विदेशी अनुदान लिएको थिएन । त्यसैले हामीले लुम्बिनीमा निर्माण गरेको विहारको निम्ति पनि कुनै सहयोग लिन चाहेनौं र नेपालकै जनताको लगानीमा यो विहार निर्माण गर्दै आएको हो । आज काठमाडौं महानगरले यसलाई अपनत्व सम्झेर हामीलाई आर्थिक अनुदान गरेको छ यो गर्वको विषय हो । यसभन्दा अगाडि नेपाल सरकारको पनि विहारप्रति अपनत्व विकास हुनुपर्छ भनेर हामीले प्रयास गरेका थियौं। हामीले लाचार भएर सहयोग मागेको भने हैन ।”
कार्यक्रममा काठमाडौं महानगर पालिकाका उप-मेयर हरिप्रभा खड्गीले स्वागत मन्तव्य राख्दै महानगर पालिकाको सम्पदा क्षेत्रमा गरिरहेको कार्य बारे आफ्नो भनाइ राखेका थिए।
चेक हस्तान्तरण पछि काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले बोल्दै “लुम्बिनी विश्व बौद्ध जगतको निम्ति महत्त्वपूर्ण स्थल हो । त्यहाँ बनिरहेको नेपाली बिहारलाई निर्माण गर्नको निम्ति सहयोग गर्नु हाम्रो पनि दायित्व हो” भने । उनले यस विहारको बाकी निर्माण कार्यको निम्ति पनि आफ्नो महानगर पालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमोहन चौधरीले शुभकामना मन्तव्य राख्दै आफ्नो कार्य क्षेत्र बाहिर गएर लुम्बिनीमा समेत सहयोग पुर्‍याउने कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे ।
मन्ततव्यको क्रममा लुुुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्तेले काठमाडौं महानगर पलिकाको अनुदानको सर्‍हाना गर्दै लुम्बिनी बिकास कोषले मायादेवी कोष स्थापना गर्न लागेको र यस कोष लुम्बिनीको कार्य सम्पादनमा प्रयोग गर्ने प्रयोग बताए ।कार्यक्रमको अन्त्यमा नेपाल वज्रयान विहारका तर्फबाट चक्रेश्वर नरेशमान वज्राचार्यले मेयर विद्यासुन्दर शाक्यलाई लुम्बिनीस्थित वज्रयान विहारमा निर्माण गरिएको चैत्यको प्रतिमूर्ति मायाको चिनोको रुपमा प्रदान गरे ।

छोटो रिपोर्ट , साभार बोधि टेलिभिजन




सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑