• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

धुतङ्गधारीहरु लुम्बिनीसम्मको शान्ति पदयात्राको निम्ति स्वयम्भूबाट हिंडे !


सुभाय् संवाददाताFebruary 13, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुले स्वयम्भूदेखि लुम्बिनीसम्मको पदयात्रा सुरु गरेका छन् ।
काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी बिहारबाट ६० जना भिक्षुहरु लुम्बिनीको निग्लिहवासम्मको शान्ति पदयात्राको निम्ति फागुन १ गते बिहान निस्केका हुन् ।
शान्ति पदयात्राको क्रममा उहाँहरुले सबैभन्दा पहिला स्वयम्भू महाचैत्य परिक्रमा गरि बुद्ध पुजा गरेर हिंड्नुभएको थियो ।
पहिलो दिन धुतांगधारी भिक्षुहरु बौद्धमा जानुभएको र त्यहाँ पनि बुद्ध पुजा गर्नुभएको थियो भने नर: बुद्ध विहारमा भोजन दान गरिएको थियो ।
यस पदयात्रामा स्वयम्भूदेखि लुम्बिनीसम्म शान्तिदीप पनि साथै लगिने र साँझपख बास बस्ने विभिन्न स्थानमा शान्तिदीप प्रज्वलन गर्न स्वयम्भूबाटै शान्तिदीप बालेर हिंडेका थिए ।
बौद्ध दर्शनमा धुतको अर्थ हो परिसुद्ध , पवित्र भन्ने हो जुन बौद्ध भिक्षुहरुको शीलाचरणको अभिन्न अंगको रुपमा रहेको हुन्छ ।आफूले पालन गर्ने शीलाचरण परिशुद्ध गरेर क्लेशलाई नाश वा क्षय ज्ञान भएको हुनाले नैं धुताङ्ग भनिन्छ । जसले आचरण गर्छ उसलाई धुताङ्गधारी भनिन्छ ।
काठमाडौं स्वयम्भूबाट सुरु भएको पैदल यात्रा आगामी फागुन २० गते मंगलबार कनकमुनी बुद्धको जन्म भएको स्थान निग्लिहवा पुगेर शान्तिपदयात्रा समापन गरिनेछ ।
शान्ति पदयात्रा थाइल्यान्डका भिक्षु सोमछाइ महास्थविरको नेतृत्वमा हिंडेको हो ।
विश्व शान्तिको कामना लिएर हिंडेको यो पदयात्रा कार्यक्रमले दैनिक २५/३० किलोमीटर हिड्ने लक्ष्य लिइएको छ ।
यस क्रममा आवश्यक बस्ने सुत्ने लाउने सामानहरु भिक्षुहरु आफैंले बोकेका छन् ।
पहिलो ४ दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पदयात्रा गर्ने कार्यक्रम रहेको छ भने बौद्ध तीर्थस्थलहरु बौद्ध सम्पदाहरु भएर पदयात्रा गरिने छ भने त्यस्ता स्थानहरूमा बुद्ध पुजा धर्म देशना समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस शान्ति पैदल यात्राले ४१५ किलोमिटरको दुरी तय गर्नेछ ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑