Maharjan Ratna
कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि विराटनगरमा भदौ १ गतेसम्म पुनः लकडाउन
Maharjan Ratna
विराटनगर /कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि महानगरले सर्वपक्षीय छलफल आयोजना गरेको थियो । समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि र कोभिड–१९ बाट सुरक्षाका आवश्यक सबै विधि प्रयोग गर्ने निर्णय





