Maharjan Ratna
काठमाडौं उपत्यकामा आज १९३५ मा संक्रमण पुष्टि , काठमाडौं जिल्लामा मात्र १६९२ संक्रमण पुष्टि
Maharjan Ratna
काठमाडौं /काठमाडौं उपत्यकामा कोरोनाभाइरसका आज २८ गते बिहिबार १९३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३,७४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित १,२१,७४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा देशैभरिबाट ३५६४ जना संक्रमित निको भएर घर फर्केका छन् । ८४,५१८ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३६,५३३ पुगेको छ ।
नवनियुक्त ३ मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Maharjan Ratna
काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी बिकाश मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला तथा बाल बालिका मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । फोटो साभार : अनलाईन खबर
आज सपथ लिंदै पुनर्गठित मन्त्री परिषदका सदस्यहरु
Maharjan Ratna
काठमाडौं/ पुनर्गठित मन्त्रीपरिषदका सदस्यहरुले आज सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गररेका थिए । उक्त मन्त्रीमण्डलमा नयाँ थपिएका मन्त्रीहरुमा विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र पार्वत गुरुङ्लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राखेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाएका छन् । तीनवटा





