Maharjan Ratna
बुद्ध भजन प्रतिभाको खोजीमा अगिना र सुशील प्रथम
Maharjan Ratna
काठमाडौंं / बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो । नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अगिना तण्डुकार प्रथम भइन् भने रेशम थापाले दोश्रो स्थान हासिल गरे । त्यस्तै कल्पना श्रेष्ठ तृतीय भइन् । विजेताहरुलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ट्रफि प्रदान गर्नुभयो । त्यस्तै प्रा. सुवर्ण शाक्यले प्रमाण पत्र प्रदान गर्नुभयो । नेपाली बुद्ध भजन अन्तर्गतको प्रतिभा खोजीमा जम्मा एक सय जनाले भाग लिएका थिए भने अनलाइन





