• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

राजधानीमा गुञ्जियो नौमतीका नौ राग


सुभाय् संवाददाताJuly 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट


१६ असार, काठमाडौं / नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको आयोजनामा राजधानीमा आइतबार नौमती बाजामा आधारित नौमतीमा नौ राग कार्यक्रम सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा कलाकारहरुले नौमति बाजहरुको प्रयोग गरी नौ किसिमका रागहरुको प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हितबहादुर तामाङले कलामा उत्कृष्ठ कला सङ्गीत कलालाई मानिदै आए पनि सबै कलाको आप्mनै विशिष्टतामा उत्तिकै महत्व रहेको बताउनु भयो । उहाँले नेपाली सङ्गीतमा मौलिक पञ्चे बाजा र नौमती बाजाको विशिष्ट महत्व र योगदान रहेको र यसको संरक्षणमा सरकार र सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रज्ञा प्रतिष्ठानले नेपालका कुना कन्दरा रहेका लोक संस्कृति र कलाको संरक्षणका लागि विभिन्न कार्यहरु गर्र्दै आइरहेको जानकारी गराउनुहुँदै त्यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनु भयो ।
सङ्गीत विभाग प्रमुख कर्ण गौतमले परियार समुदायमा प्रचलित नौमती बाजाका ३६ राग प्रचलनमा रहेको र ती रागहरु शुभ कार्य र शोक कार्यमा बजाइने गरेको बताउनुहुँदै कार्यक्रममा ती मध्ये विवाह कार्यमा बजाइने नौ राग प्रस्तुत गरिएको बताए।
कार्यक्रममा १२ जना कलाकारहरुले परम्परागत विवाहमा बजाइने रागहरुलाई समेटेर प्रस्तुति गरेका थिए। जसमा नगरा, बटुवा ताल राग, डाँडै ताल राग, दुलाहा पर्साइ, जन्ती पर्साइँ, डाँफे ताल राग र दुलही रुवाउने ताल रागहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमको अवसरमा कलाकारहरुले नौमती बाजामा सोरठीमा आधारित नचरी भाका, तारु भाका र झलकमान गन्दर्भको बाला जोबन भाका प्रस्तुत भएको थियो । बाद्यवादनमा कमल परियार, मनबहादुर दर्जी, तीलबहादुर दर्जी, दिलबहादुर दर्जी, लालबहादुर दर्जी, नवीन परियार, सागर परियार, सुवास परियार, मदन परियार लगातको समूहले नौमती बाजा प्रस्तुति दिएका थिए।
कार्यक्रममा  राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का विजेताहरुलाई सम्माना सहित पुरस्कृत समेत गरिएको थियो । विश्व सङ्गीत दिवसका दिन विजेता घोषित भएका सात प्रदेशका सात जना विजेताहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा कोशी प्रदेशबाट तेज राई, मधेश प्रदेशबाट लिलाराज दाहाल, बागमती प्रदेशबाट सृजना अर्याल, गण्डकीबाट बाबुराम श्रेष्ठ, लुम्बिनीबाट बसन्तकुमार आचार्य, कर्णालीबाट रामकुमार शाही र सुदुरपश्चिमबाट धीरजनाथ हुनुहुन्थ्यो । उहाँहरुलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपला सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद सदस्यहरु डक्टर राई, हिसन बहादुर मगर, चेतन सापकोटा, बखतबहादुर हमाल, टिका पुन, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी लगायत सङ्गीत क्षेत्रका  व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑