Maharjan Ratna
कोभिडले चिनाएको सत्य
Maharjan Ratna
अहिलेको महाव्याधिबाट प्रभावित धेरैको अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव केही फरक रह्यो। अहिले हामी कोभिड–१९ संक्रमण महामारीको चपेटामा छौं। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्मका समाचार र पोस्टमा महामारीकै बाछिटा देखिन्छ। जसमा संक्रमणबाट आफन्त गुमाएकाहरूको आर्तनाद, राम्रो उपचारको खोजीमा संक्रमितहरूले उठाउनुपरेको सास्ती र स्वास्थ्य सेवाको बिजोगका कुरा भरिएका छन्। अभाव, अव्यवस्था र एक किसिमको सन्त्रासले सबैलाई छटपटीमा पारिरहेको छ। संभवतः अहिले जत्तिको संकट र निरुपाय अवस्था हाम्रा लागि कहिल्यै थिएन। हामी सबै चाँडोभन्दा चाँडो महामारीमुक्त हुन चाहन्छौं। त्यसैले बसिबियाँलो र चर्चाहरूमा समेत





