• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

ओलिको सरकारमा राजेन्द्र महतो उप-प्रधानमन्त्री बन्दै, नेकपा एमालेमा समेत चर्को विवाद !

सुभाय् संवाददाता June 4, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट निष्काशन गरिसकेको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको अल्पमत समूह खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी भएको छ । शुक्रबार साँझ अबेर नवनियुक्त मन्त्रीहरुले सपथग्रहण गर्ने भएका छन् ।
ठाकुर–महतो समूह निकट स्रोतले जनाएअनुसार राजेन्द्र महतोको नेतृत्वमा सो समूह सरकारमा गएको हो । शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया संसद्बाट अपदस्थ भइसकेको कामचलाउ सरकारका मन्त्री बनेका छन् ।
महतोले उपप्रधानसहित सहरी विकास मन्त्रालय, भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाई, झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियाले वन तथा वातावरण, चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
ठाकुर–महतो समूहबाटै दुई राज्यमन्त्री पनि थपिएका छन् । चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेका छन् ।
विभाजनको डिलमा पुगेको एमालेको ओली समूहभित्रै तीव्र अन्तर्कलह चर्किएको चर्चा चलिरहेका बेला ओली सरकार र पार्टीको सोही गुटका महत्त्वपूर्ण ‘हस्ती’ मानिने विनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई भने ओलीले सिनियर उपप्रधानमन्त्री बनाएर महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् ।
आन्तरिक झगडामा हावी हुन ओलीले ०७४ देखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण पोखरेल र ज्ञवाली बहिर्गमनमा परेको प्रचार गराइएको छ । यो मापदण्डअनुसार कामचलाउ सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् । हृदयेश त्रिपाठी, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे, पार्वत गुरुङलगायत पनि बाहिरिने भएका छन् ।  साभार

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑