Maharjan Ratna
रसिया-युक्रेन युद्धमा शान्ति वार्ताको पहल
Maharjan Ratna
रुस यूक्रेन युद्धका सरदारहरु यस यूद्धलाइ थप विभत्सतातर्फ धकेल्न प्रयासरत भइरहेकै समयमा समानान्तर विकल्पस्वरुप शान्तिप्रयास पनि थालिएको समाचार छ। खबरहरुका अनुसार, अहिले यत्तिखेर तत्काल युद्ध झेल्नुपरे जर्मनी र फ्रान्स युद्धमा ओर्लिन सक्ने हैसियतमा छैनन। आर्थिक मन्दि तथा आन्तरीक अराजकता छँदैछ, त्यसमाथि यूक्रेनमा सोचेभन्दा भारी हतियार खर्चेर पनि चाहेजस्तो उपलव्धी हासिल नभइरहेकोले, यदि त्यस्तै सघन युद्धमा ओर्लिन परे गोलिगट्ठा आपुर्ति गर्न समेत धौ धौ पर्ने मुल्यांकन भएको छ। तपाइलाइ मनमा लाग्ला – हैन होला। जर्मनी, फ्रान्स जस्तो देशमा पनि गोलिगट्ठाको कमि होला र? गोलिगट्ठा-आपुर्तिको चुनौतिबारे केहि कुरा थाहा राख्नुस – हतियार





