• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

रसिया-युक्रेन युद्धमा शान्ति वार्ताको पहल


सुभाय् संवाददाताJuly 7, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

डा. रोशन श्रेष्ठ

रुस यूक्रेन युद्धका सरदारहरु यस यूद्धलाइ थप विभत्सतातर्फ धकेल्न प्रयासरत भइरहेकै समयमा समानान्तर विकल्पस्वरुप शान्तिप्रयास पनि थालिएको समाचार छ।
खबरहरुका अनुसार, अहिले यत्तिखेर तत्काल युद्ध झेल्नुपरे जर्मनी र फ्रान्स युद्धमा ओर्लिन सक्ने हैसियतमा छैनन। आर्थिक मन्दि तथा आन्तरीक अराजकता छँदैछ, त्यसमाथि यूक्रेनमा सोचेभन्दा भारी हतियार खर्चेर पनि चाहेजस्तो उपलव्धी हासिल नभइरहेकोले, यदि त्यस्तै सघन युद्धमा ओर्लिन परे गोलिगट्ठा आपुर्ति गर्न समेत धौ धौ पर्ने मुल्यांकन भएको छ।
तपाइलाइ मनमा लाग्ला – हैन होला। जर्मनी, फ्रान्स जस्तो देशमा पनि गोलिगट्ठाको कमि होला र?
गोलिगट्ठा-आपुर्तिको चुनौतिबारे केहि कुरा थाहा राख्नुस –
हतियार भण्डारको कुरा गर्दा, तपाइलाइ थाहा शायद नहोला, बन्दुकको उत्पादन-आपुर्ति भन्दा गोलिगट्ठाको उत्पादन-आपुर्ति चुनौतिपूर्ण विषय हो। दिनमा १०० वटा अटोमेटिक राइफल उत्पादन गर्ने फ्याक्टरीलाइ १० गुणा उत्पादन बढाइ १००० वटा राइफल बनाउन खासै गाह्रो पर्दैन। तर गोलीगट्ठा त्यहि अनुसार आपुर्ति गर्न धेरै गाह्रो पर्छ। १०० वटा राइफलले ६ घण्टा पुर्णक्षमताको युद्धमोर्चामा खट्न औसत २० लाख राउण्ड बुलेट भण्डारण आवश्यक हुन्छ । त्यहि दरमा १००० वटा राइफलको निमित्त २ करोड राउण्डको भण्डारण चाहिने हुन्छ । त्यसको लागि चाहिने गन्धक तथा धातु कच्चापदार्थहरु खानी खोतलेर ल्याउनु पर्यो, जुन तत्काल उपलव्ध हुने कुरा होइन।
अब हेर्नुस, ५० हजार देखि ८० हजार सेना गत ५ हप्तादेखि रुस-यूक्रेन यूद्धक्षेत्रमा अनगिनत फायर खोली निरन्तर लडीरहेको छ। त्यहाँ अहिलेसम्म कति राउण्ड गोली खपत भयो होला, तपाइ आफै अनुमान गर्नुहोला। खरबौं गोली खपत भयो होला भन्ने तपाइको आँकलन छ भने बिमति राख्नुपर्ने अवस्था छैन। त्यत्रो सारा गोलीहरु कसले सप्लाइ गरीरहेको छ? जर्मनीमा त संसदमै प्रश्न उठीसकेको छ, यतिका गोलीगट्ठा यूक्रेनलाइ दिदा हामीमाथी हमला भयो भने कसरी प्रतिकार गर्ने भनेर।
अमेरिकामा केहि वर्ष पहिले गोलीगट्ठा हाहाकार भएको थियो। ट्रम्प राष्ट्रपति हुँदा मच्चाइएको दंगा संझना छ? काला जर्जफ्लोइडलाइ गोरा पुलिसले घाँटी ङ्याकेर मारेपछि दंगा भड्कियो। त्यसपछि अमेरिकामा गोलिगट्ठाको माग यति चर्कियो कि अरुबेला फालाफाल पाइने गोलीहरु त्यो बेला भनेजति पैसा तिरेपनि महिनौं महिना कुर्नुपर्ने अवस्था आयो। आँकडा अनुसार त्यो बेला करीब ९ खर्ब राउण्ड गोली प्रतिमहिनाको दरले विक्री भएको थियो। यूरोप, रसिया, टर्कि, चीन देखि संसारैभरीको गोली फ्याक्ट्रीहरुले पूर्ण क्षमतामा गोली उत्पादन गरेर अमेरिका निर्यात गर्दा पनि अमेरिकाको आन्तरिक माग धान्न सकेन। अमेरिकामा त्यो बेला मानिसले गोलीगट्ठा खपत गरेको होइन, आ-आफ्नो निजिभण्डारमा भण्डारण गरेको मात्र हो। तर रुस-यूक्रेन लडाइमा भने भण्डारण होइन खपत भइरहेको छ, र यो खपत-दर लामो समय टिक्ने अवस्था असम्भव नै छ।
गोलीगट्ठा मात्र होइन, रकेट, मिसाइल तथा तोप-गोलाहरु तिब्र गतिमा भण्डारण-स्खलन भइरहेको छ। यसअघि नै मैले जानकारी दिएको थिएँ – रुसले आफुले पहिला बेचेको हतियार तथा गोलीगट्ठाहरु ती देशहरुसित पहिला बेचेको बेलाभन्दा बढी पैसा तिरेर आफैले किनीरहेको छ। रुसलाइ पनि गोलीगट्ठा-आपुर्ति धान्न धौ धौ पर्दै गएको बुझिन्छ। त्यसैले रुस कम हतियार खपत गर्दै यूद्ध लम्ब्याउने रणनीतिका साथ लडाइ थेग्दै छ।
युद्ध लम्बिदै गए रुस भन्दा पहिले यूरोप गल्ने अवस्था छ। आर्थिक मन्दि र राजनीतिक उथलपुथल त सतहमै देखिइसक्यो। त्यसमाथी अब युद्धमै ओर्लिएर त्यसको लागि गोलिगट्ठा आपुर्ति गर्न परेमा यूरोपीय देशहरुमा सकस नहुने त कुरै छैन।
अर्को खतरा, रुसले सैन्य युद्ध संगसंगै खुफिया युद्ध (शत्रुदेशको राजनैतिक बिपक्षीमाथि लगानी गरेर हस्तक्षेप गर्ने) पनि सक्रियसाथ अघि बढायो भने रुसविरोधी पश्चिमा राष्ट्रहरुलाइ दह्रो सकस पर्ने खतरा छ। एक विश्लेषणले बताएको छ कि, पश्चिमा राष्ट्रले रुस-बिरुद्धको खुफिया युद्धको निमित्त जति पैसा खर्च गर्ने गरेको छ, रुसले त्यसको टक्कर दिन ६ भागको १ भाग मात्र खर्च गर्यो भने पनि पर्याप्त हुन्छ। हाललाइ रुससित त्यस्तो खुफिया युद्धको निमित्त पर्याप्त पैसा नहोला। यदि भारतीय मुद्रा अन्तर्राष्ट्रीय बजारमा परिवर्त्य मुद्राको रुपमा आयो भने रुससित जगेडा रहेको खरबौं खरब भारतीय रुप्या उसले खुफिया युद्धमा परिचालन गर्न सक्छ। त्यसैले रुस भारतलाइ खुसि पारी उसको मुद्रा अन्तर्राष्ट्रीय बजारमा परिवर्त्य मुद्राको हैसियत दिलाउन चाहन्छ। र पश्चिमाहरु भारतको मुद्रा परिवर्त्य नहोस भन्ने चाहन्छ। मोदीको भ्रमण हुँदा उनले पाइरहेको चाकडीपछाडी यी कुराहरु पनि जोडिएको छ।
यस्ता खतराहरुले घेरिदै गएपछि, अब एकतप्का पश्चिमाहरु भने शान्तिको बाटो खोज्न थालेका छन् । आणविक युद्ध लड्न परेपनि पछि नहट्ने भनी वक्तव्य दिएको मात्र होइन, खास खास लक्षहरु ताकेर पुतिनले मिसाइल नै तैनाथ गरेपछि ‘शान्तिको खोजी गर्ने’ प्रयासले तिब्रता पाएको हुन सक्छ। ‘फु सा ख्याये, मफुसा ग्याये’ त उल्लुबनातीहरुको रणनीति नै हो। त्यसैले यो ‘शान्ति प्रयास’को समाचारमा चकित पर्नुपर्ने कारण छैन।
खबर अनुसार पश्चिमा देशका पूर्व सुरक्षा अधिकारीहरुले पुतिन-नजिकका अधिकारीहरुसित सम्पर्क राखी रहेका रहेछन् । यस्तो उच्चस्तरीय पिछुवाडा कुटनीतिलाइ दोस्रोधारे कुटनीति भनिने चलन त जगजाहेरै छ। यसको शुरुवात गत अप्रिल देखि नै भएता पनि हाल यसमा तिब्रता आएको रहेछ । उनीहरु रुसले कव्जा गरेको यूक्रेनी भु-भागलाइ के गर्ने, दुवै पक्षलाइ स्वीकार्य हुने शर्तहरु के कस्तो हुन सक्ला, संवादको क्रम नटुटाउन के के गर्नु पर्ला, कुन कस्तो मुद्दाहरुमा भविष्यमा सौदाबाजी हुन सक्ला, लडाइ टुङ्याउने सम्झौताका मोडल कुन कु हुन सक्ला, – यस्ता कुराहरुमा वार्ता भइरहेको रहेछ।
तर आधिकारीक सरकारहरु भने यी छलफलहरुबारे जानकार भएतापनि त्यसमा आफ्नो आधिकारिक संलग्नता नभएको भनी काइते कुरा गरेका छन्। यसबाट सम्भावित शान्तिवार्ताको बाटो खोजिदै गरेको भने पुष्ट्याइ भएको बुझ्न सकिन्छ। टर्किका राष्ट्रपति एर्दोआन तथा बेलारुसी राष्ट्रपति लुकासेन्कोले पनि युद्ध टुङ्याउन आवश्यक भूमिका खेल्न तयार भनी बेलाबेला भन्ने गरेबाट उनीहरु पनि यी शान्तिप्रयासमा संलग्न वा जानकार रहेको हुन सक्छ।
भूमिका जो जसले जसरी खेलेपनि शान्तिवार्ता भइ यो विभत्स युद्ध टुङ्गिए अति राम्रो हुन्छ। तर युद्ध सरदारहरु भने यो शान्तिवार्ता बिफल पारी आणविक द्वन्दतर्फ विश्वलाइ धकेल्ने प्रयासमा लागी नै रहेको हुनाले नतिजा कता तिर मोडिने छ भनी आँकलन गर्न सकिने अवस्था छैन ।
कुरा बुझौं, मनमा शान्ति लिऔ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑