Maharjan Ratna
लुम्बिनीमा नयाँ भव्य सभाहल बन्दै !
Maharjan Ratna
बुटवल। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदियो । कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्यो । हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेला सरकारले लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक ध्यान गर्न मिल्ने सभाहल बनाउने घोषणा गरेका थिए । लुम्बिनीमा अस्थायी संरचना बनाएर खर्च गरिरहने भन्दा स्थायी प्रकृत्तिको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल सभाहल बनाउने घोषणा गरे । लुम्बिनीमा अहिले भव्य सभाहल निर्माण भइरहेको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव





