Maharjan Ratna
ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने नेपाली वैज्ञानिकको अध्ययन
Maharjan Ratna
दीपक श्रेष्ठ काठमाडौँ/ ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ । यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा.ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) दिसा र पिसाबमा विषाणु सार्स (कोभ–२) पाइएको छ । सो अध्ययन अनुसन्धानमा प्रा. डा. ऐजी हारामोतो, डा. विकास मल्ल, डा. ओशन थकाली र होक्काइडो विश्वविद्यालयका उप–प्राध्यापक डा. मासाकी किताजिमा संलग्न हुनुहुन्थ्यो । सो अनुसन्धान हालै विश्व प्रख्यात जर्नल साइन्स अफ द टोटल इनभाइरन्मेन्टमा प्रकाशित





