Maharjan Ratna
असार १५ ,आफ्नै भूमिमा धान रोप्न खोकनाबासीले गर्नुपर्यो प्रहरीसँग घम्साघम्सी
Maharjan Ratna
खेताला युवाहरू धान रोप्न खेतमा कोदालो र ट्र्याक्टर चलाउँदै आन्दोलनकारी युवाहरु धिमे बजाउँदै प्रहरीसँग भिड्दै (माथि) काठमाडौं / खोकनाबासी किसानले असार १५ प्रहरी हस्तक्षेपका बीच आफ्नो जग्गामा धान रोपेका छन् । धान दिवसको दिन पारेर सोमवारको खोकनाको खुदोल फाँटमा धान रोप्न खोज्दा प्रहरी र स्थानीय आदिवासी नेवार समुदायबिच विहानैदेखि तनाव भएको थियो । यस ठाउँलाई फाष्ट ट्यायकको जिरो किलोमिटर बनाउने भनी सरकारले जबर्जस्ती अधिग्रहण गरि त्यस क्षेत्रमा सेनाको ब्यारेक नैं खडा गरिएको छ । तर खोकनाबासीले आफूहरूलाई भूमिहीन बनाउन खोजेको खोकनाको सम्पदा संस्कृति र खोकनाबासीको जीवनशैलीमाथि नैं सरकारले प्रहार गरेको





