Maharjan Ratna
निदान अस्पतालमा ४ नर्स र सुरक्षागार्ड सहित १३ जनालाई कोरोना संक्रमण
Maharjan Ratna
ललितपुर / ललितपुरस्थित निदान अस्पतालमा चार जना नर्स सहित १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। निदान अस्पताल श्रोतले दिएको जानकारी अनुसार ४ जना नर्स,६ जना सुरक्षा गार्ड ,३ जना सरसफाइ गर्ने कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हो। अहिले ती कर्मचारीलाई निदान अस्पतालको आइसोलेसनना भर्ना गरिएको छ। यसअघि पनि निदान अस्पतालमा कार्यरत २ जना डाक्टर सहित ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। एक जना डाक्टर बलम्बुस्थित कोरोना अस्पतालमा उपचाररत हुनुहुन्छ। अर्का एक डाक्टर दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुनुभएको छ। अहिले निदान अस्पतालमा ओपिडि लगायतका अन्य सेवा बन्द गरिएको छ।





