Maharjan Ratna
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, सबै पसल-व्यवसाय भोलिदेखि सातै दिन खुल्न पाउने
Maharjan Ratna
काठमाडौँ / महामारी तिव्र रुपले बढेको बेला झन काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेका छन्। यससँगै काठमाडौँ उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ। निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै राखिएको पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा ७३७ मा सङ्क्रमण पुष्टि , काठमाडौं जिल्लामा मात्र ६५२ संक्रमित थपिए
Maharjan Ratna
काठमाडौं काठमाडौं उपत्यकामा भदौ ३१ गते कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार २९४ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । यसरी कोरोना तीव्र रुपमा संक्रमण बढेको बेला सरकारले भने उपत्यकामा निषेधाज्ञा खुकुलो मात्र हैन पूर्ण रुपमा खुल्ला अवस्था जस्तै छोडिएको अवस्था छ ।
बिहानको भूकम्पपछि पराकम्प
Maharjan Ratna
काठमाडौं / सिन्धुपाल्चोकया राम्चे वरिपरि केन्द्रविन्दु बनाइ फेरि पराकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राम्चेकै आसपास केन्द्रविन्दु बनाइ ३.८ रेक्टर स्केलको पराकम्प गएको हो । पछिल्लो पराकम्प बिहान ६ः१२ बजे गएको थियो । आज बिहान सबेरै ५ः१९ बजे सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको थियो । काठमाडौं उपत्यकामा ठूलै महसुस गरिएको यो भूकम्पपछि कतिपय मानिसहरु घर बाहिर दौडेका देेेखिन्थे । आजको भूकम्पलाई गोरखा भूकम्पकै पराकम्पको रुपमा लिएको छ । २०७२ सालको महाभूकम्पपछि ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प ५५० पटक





