• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

१४ दिनपछि पीसीआर पर्दैन, ९ दिनपछि भाइरस सर्दैन


सुभाय् संवाददाता June 7, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

नयाँ बानेश्वरकी सोनम शाहीलाई १८ दिनअघि कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस निको भए/नभएको हेर्न उनले १८औँ दिनका दिन पुन : परीक्षण गराइन् । तर, उनलाई सिटी भ्यालु ७ सहित फेरि पोजिटिभ देखियो । ‘१८ दिन होम आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्दा फेरि पोजिटिभ देखियो,’ उनले भनिन्, ‘थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने लक्षण पनि थियो ।’
अहिले मात्र होइन । सुरुको चरणमा पनि दोहोर्‍याएर परीक्षण गर्दा संक्रमितमा पोजिटिभ देखिएको थियो । नेपालको दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीलाई १४ दिनमा जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टापछि फेरि पोजिटिभ आयो । १८औँ दिनमा नेगेटिभ आयो । १९औँ दिनमा फेरि पोजिटिभ आयो । २७औँ दिनमा २४ घण्टाको फरकमा दुई पटक परीक्षण गर्दा दुवै रिपोर्ट नेगेटिभ आएको थियो । त्यसको सात दिनपछि गर्दा फेरि पोजिटिभ आएको थियो ।
‘पीसीआरले सक्रिय भाइरस हो कि होइन भनेर छुट्याउँदैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले भने, ‘अहिले अध्ययन अनुसन्धानले नाै दिनपछि सक्रिय भाइरस कल्चर नभएको देखाएको छ ।’
सुरुको मापदण्डमा २४ घण्टाको फरकमा दुईवटा रिपोर्ट नेगेटिभ आउनुपर्ने थियो । तर, नाै दिनपछि सक्रिय भाइरस नहुने भएकाले पहिलो पटक पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्नु नपर्ने सरकारी मापदण्ड छ । चिकित्सकका अनुसार १४ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण पनि गराउनु पर्दैन । स्वास्थ्यको मापदण्ड पालना गरेर बाहिर निस्कन पनि मिल्छ ।
तर, कोरोना भाइरस निको भए/नभएको हेर्न दोहोर्‍याएर परीक्षण गर्न जानेको संख्या धेरै छ । पुन : परीक्षण गर्दा पोजिटिभ देखिने क्रम पनि बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सात/सात दिनमा परीक्षण गर्न आउने धेरै छन् । पुन: परीक्षण गर्दा पोजिटिभ देखिए अरुलाई सर्ने जोखिम पनि नहुने चिकित्सक बताउँछन् ।
‘१० दिनमा नेगेटिभ आयो भने बाहिर निस्कन मिल्छ । १४ दिन आइसोलेसन सकिएपछि निस्कन मिल्ने गाइडलाइन छ,’ डा. बाँस्तोलाले भने, ‘नाै दिनपछि सक्रिय भाइरस देखिएको छैन । त्यसैले दोहोर्‍याएर परीक्षण गर्नु जरुरी छैन । १४ दिनपछि पुनः परीक्षण गर्नै पर्दैन ।’
डा. बाँस्तोलाका अनुसार लक्षण नभएका संक्रमित १० दिनपछि बाहिर निस्कन सक्छन् ।
‘सिकिस्त लक्षण देखिएका २० दिनसम्म आइसेलेसनमा हुन्छन् । अरु लक्षण भएका १४ दिनपछि थप तीन दिन बस्न सक्छन् । लक्षणविहीन संक्रमित १० दिनपछि आइसोलेसनमुक्त हुन सक्छन् । तर, सरकारले १४ दिन भनेकाले त्यसलाई फलो गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘१० दिन आइसोलेसन बसेपछि सक्रिय भाइरस रहँदैन । अरुलाई पनि सार्दैन ।’
बिनाकारण लामो समय घरमा आइसोलेट हुन नपर्ने उनको सुझाव छ । ‘बिनाकारण घरमा आइसोलेट हुन पर्दैन । झन् मानसिक समस्या हुन्छ । कोरोना पोजिटिभ भनेको रोग हो भन्ने हल्ला पिटियो,’ डा. बाँस्तोलाले भने, ‘पोजिटिभ भएर पनि लक्षण नै देखिएन भने त्यो रोग नै होइन । सिकिस्त बिरामीको त भर्ना भएको छ दिनपछि नेगेटिभ आएको छ ।’
समुदायले नबुझ्दा समस्या भएको उनको बुझाइ छ । ‘संक्रमित मान्छेले दूरी कायम गरेपछि सर्दैन । हामी नाै महिना भयो संक्रमितसँगसँगै भएको, सरेको छैन । समुदायले बुझेको छैन । आफू जोगिनेतिर लागेका छैनौँ । आफू मास्क नलगाउने, दूरी कायम नगर्ने, हात नधुने अनि पोजिटिभ आएका मानिसलाई हेला गर्ने र लान्छना लगाउने काम भयो,’ डा. बाँस्तोलाले भने ।
पोजिटिभ भएकालाई अफिसमा नेगेटिभ रिपोर्ट मागेका कारण दोहोर्‍याएर परीक्षण गर्ने धेरै रहेकाे उनले बताए । ‘मान्छेको आफ्नो नियमले दोहोर्‍याएर परीक्षण गराएका हुन् । अफिसमा नेगेटिभ रिपोर्ट मागेकाले दोहोर्‍याएर परीक्षण गर्नेछन्’, उनले भने ।
साभार: शिलापत्र

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑