• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 06, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

“त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”


सुभाय् संवाददाता September 15, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १३५ मिनेट

     -रन्जु श्रेष्ठ

कहिलेकाहीँ…
केही दृश्यहरू आँखाले मात्र देखिँदैनन्।

ती दृश्यहरू…
मनभित्र पस्छन्।

र त्यसपछि धेरै दिनसम्म
मनबाट निस्किँदैनन्।

आज म त्यस्तै एउटा दृश्यको साक्षी बनेँ।

 नेपाललाई परेको विपद् मेरो लागि पनि विपद् हो भन्ने भाव मनमा राखेर,

आज म राहत वितरण टोलीसँगै यहाँ आइपुगेकी छु।

 

हाम्रो उद्देश्य केवल केही राहतका सामग्री पीडितसम्म पुर्‍याउनु मात्र थिएन।

त्यसभन्दा महत्वपूर्ण अर्को उद्देश्य थियो—

यहाँको वास्तविक अवस्था आफ्नै आँखाले बुझ्नु,

पीडितहरूको पीडा सुन्नु,

उहाँहरूलाई अहिले के आवश्यक छ भन्ने जानकारी संकलन गर्नु,

र आवश्यकताअनुसार थप राहत तथा सहयोग जुटाउन पहल गर्नु।

 बिदुर नगरपालिका प्रवेश गरेदेखि नै एउटा दुःख र पीडाले भरिएको वातावरण महसुस भइरहेको थियो।

 सेनाको क्याम्पमा हेलिकप्टरहरू आउने–जाने क्रम जारी थियो।

उद्धार गरिएका मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको थियो।

आफ्ना आफन्तको अवस्था बुझ्न आउनेहरूको भीड थियो।

 

ती अनुहारहरू हेर्दा…

मन साँच्चिकै चसक्क हुन्थ्यो।

 त्यसपछि त्रिशूली बजारतर्फ पुग्दा आँखाले देखेको दृश्य झन् भयावह थियो।

 त्रिशूली नदीले आफ्नो बाटो मात्र बदलेको थिएन, उसले वर्षौँदेखि बसेको बस्ती, घर, पसल, बाटोघाटो

र मानिसका सपना नै बगाएर लगेझैँ लाग्थ्यो।

 कतै घर थिएनन्। कतै घर भए पनि माटो र लेदोले पुरिएका थिए। कतिपय घर दुई तल्लासम्म माटोले पुरिएको देखिन्थ्यो।

 

पुरानो ऐतिहासिक त्रिशूली बजार…

जहाँ जीवन थियो, व्यापार थियो, चहलपहल थियो—

आज त्यही ठाउँ माटोभित्र बिलाएजस्तो देखिन्थ्यो।

 यो दृश्य कति भयावह थियो होला,

जसले भोग्नुभयो उहाँहरूको मनमा कस्तो बज्रपात भयो होला—

कल्पना गर्न पनि गाह्रो छ।

 

पूर्वसूचना दिइएको थियो होला, तर यति ठूलो बाढी आउँछ,

यति ठूलो विनाश हुन्छ, आफ्नो घर, सम्पत्ति र आफन्तसमेत गुमाउनुपर्छ—

सायद धेरैले कल्पनासमेत गर्नुभएको थिएन।

 

त्यसैले आज यहाँ उभिँदा बाढीले कति ठूलो क्षति पुर्‍यायो भन्ने कुरा

केवल तथ्यांकले होइन, यी भग्न घरहरूले बोलिरहेका छन्।

 

अनि म देविघाट पुगेँ।

 

दुई वर्षअघि मात्रै मेरा स्वर्गीय बुबाको स्मृतिमा

यही पवित्र तीर्थस्थलमा आएर स्नान र पूजा गरेकी थिएँ।

 त्यो ठाउँसँग मेरो व्यक्तिगत भावनात्मक सम्बन्ध पनि थियो।

 

तर आज त्यही देविघाटलाई हेर्दा…

मन थाम्न निकै गाह्रो भयो। बाढीले बजार नै बगाएर लगेको छ।

बचेका संरचनाहरू पनि माटो र लेदोले पुरिएका छन्। पुलसमेत छैन।

 

म ती सबै दृश्य हेरिरहेकी थिएँ… र पीडितहरूको पीडा सम्झेर

आफैँलाई थाम्न सकिनँ। आँखा रसाए।

म रोएँ।

 तर त्यही क्षण मनले भन्यो— “तिमी रोएर मात्र हुँदैन।

तिमीले अरूलाई पनि हिम्मत दिनुपर्छ।” त्यसैले मन थामेँ।

आज पीडितलाई हाम्रो आँसु मात्र होइन,

हाम्रो साथ चाहिएको छ। हाम्रो सहयोग चाहिएको छ।

हाम्रो आवाज चाहिएको छ।

 

हामीले सक्ने सहयोगको हात फैलाउनुपर्छ।

अरूलाई पनि सहयोगका लागि अनुरोध गर्नुपर्छ।

आज हामीले केही राहत सामग्री वितरण गर्‍यौँ,

समन्वय गर्‍यौँ,पीडितहरूसँग कुराकानी गर्‍यौँ

र यहाँको वास्तविक अवस्था बुझ्ने प्रयास गर्‍यौँ।

तर यो सुरुवात मात्र हो।

किनकि राहत भनेको आज केही बोरा खाद्यान्न राहत भनेको केही बोरा खाद्यान्न, केही थान लत्ताकपडा, औषधि वा पाल बाँडेर सकिने कुरा होइन।

यहाँ फेरि घर उठाउनुपर्नेछ।

फेरि बाटो बनाउनुपर्नेछ।

फेरि व्यापार सुरु गर्नुपर्नेछ।

फेरि बालबालिकालाई विद्यालय फर्काउनुपर्नेछ।

र सबैभन्दा ठूलो कुरा— यहाँका मानिसहरूको मनमा फेरि आशा जगाउनुपर्नेछ।

ऐतिहासिक त्रिशूली बजार फेरि उठ्नुपर्छ।

पवित्र देविघाट फेरि जीवन्त बन्नुपर्छ।

त्रिशूली मात्र होइन,
देविघाट मात्र होइन,बाढीले जहाँ–जहाँ चोट पुर्‍याएको छ,
त्यहाँ–त्यहाँ फेरि जीवन फर्काउनुपर्छ।

बाढीले भत्काएका संरचना मात्र होइन,

यहाँका मानिसहरूको जीवन र मानवीय भावना पनि फेरि उठ्नुपर्छ।

 

त्यसैले हामी फर्किँदै गर्दा -राहत बाँडेर फर्किएका मात्र छैनौँ।

हामी यहाँको वास्तविक अवस्था बुझेर, आवश्यकता संकलन गरेर,

फेरि आउने संकल्पसहित फर्किएका छौँ।

 आज मैले आफ्नै आँखाले देखेको यो पीडा , म आफूसँग मात्र राख्न चाहन्नँ।

 यो आवाज त्यहाँसम्म पुग्नुपर्छ

जहाँबाट थप सहयोग जुट्न सक्छ।

 किनकि—

नेपाललाई परेको विपद्, हामी सबैलाई परेको विपद् हो।

आज त्रिशूली र देविघाट पीडामा छन्।

भोलि यो पीडा हाम्रो आफ्नै घरको ढोकामा पनि आउन सक्छ। त्यसैले सक्नेले सहयोग गरौँ। सहयोग गर्न नसक्नेले कम्तीमा यो आवाज फैलाऔँ।

 

हामी सबै मिलेर

बाढीले बगाएको ठाउँ मात्र होइन, यहाँका मानिसहरूको आशा पनि फेरि उठाऔँ।

त्रिशूली फेरि उठ्नेछ।

देविघाट फेरि मुस्कुराउनेछ।

त्रिशूली मात्र होइन,
देविघाट मात्र होइन,

बाढीले जहाँ–जहाँ चोट पुर्‍याएको छ,
त्यहाँ–त्यहाँ फेरि जीवन फर्काउनुपर्छ।

र हामी त्यस यात्रामा पीडित परिवारसँगै उभिनेछौँ।

यही मेरो आजको प्रतिबद्धता हो।

 

 

 

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑