सुभाय् पोस्ट बिशेष
समाचार
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
बजार
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
आज:
| Thu, 27, Aug, 2026
सुभाय् पोस्ट बिशेष
Live Program
भिडियो
समाचार
उपत्यका
राष्ट्रिय
अन्तर्राष्ट्रिय
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
भिडियो
होमपेज /
साहित्य
“मौन आव्हान”
सुभाय् संवाददाता
June 30, 2023 मा प्रकाशित (
३ साल अघि
)
अनुमानित पढ्ने समय : ४४ मिनेट
-उमा कार्की
******
तिम्रै नयनको ऐना बनाई हेर्दैछु !
आफ्नो रुप !!
खै किन हो ?
तिम्रै नेत्र भित्र आफुलाई
समाहित गरिरहुँ झैँ लाग्छ !
हरेक क्षण !
एक टक तिम्रो दर्पणबाट ओझेलिनु छैन मलाई !!
*******
बसेर
मौनताको संघारमा
उबाउन मन छ
एक अञ्जुली तिम्रो मुस्कान,
अनि
राखेर सुकुमार हत्केलामा
तिम्रै आँखाबाट झरेको परेली
उडाइदिन मन छ,
बेहिसाब !!
पूर्ण जिन्दगीको आह्वानमा !!
अनुपम अनुराग,
अन्तरंग अभीप्सा,
असीमित अनुकम्पन,
सब सब समर्पित छ,
तिम्रै पाइलामा औँला राखेर
तिम्रै शरीरको उचाई झैँ
म पनिअग्लिएकी हुँ,
तिम्रै स्पर्शको
सहाराले,
टेको लगाएर, तिम्रै
हत्केलाको भरोसामा म माथी
माथी
केवल माथी
पुग्दैछु,
उचाईबाट तल हेर्दा
मेरो मन चंचल हुँदैछ !
वादलमा लुकामारी खेल्दै,
गोधुलीको रंगसँग
मितेरी लगाएरै,
म सजिएकी हुँ!
अझ
तिम्रो प्रेमिल साथले म निखारीएकी छु।
बेहुली झैँ !!
तिम्रै नयनको ऐना बनाई हेर्दैछु !
आफ्नो रुप !!
खै किन हो ?
तिम्रै नेत्र भित्र आफुलाई
समाहित गरिरहुँ झैँ लाग्छ !
हरेक क्षण !
एक टक तिम्रो दर्पणबाट ओझेलिनु छैन मलाई !!
म कम्पित स्वरमा आव्हान गर्दैछु!
मेरो सुकुमारी ओँठबाट
गुन्जिएको मधुर लयमा
एक राग आलाप्न आउ !
लयको आरोह अवरोहमा सुर मिलाउन आउ !!
अनि झंकृत भै रहुँन
मिठो संगीत
हाम्रो प्रेमिल गीतको !!
******
उमा कार्की, नारायणगढ चितवन !
हाल, अस्ट्रेलिया !
सम्बन्धित पोस्ट
धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
कोलाज
राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक
प्रतिक्रिया दिनुहोस
ताजा
समाचार
लोकप्रिय
रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान
बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?
राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं
धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
कोलाज
सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान
राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं
रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन
राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव
सुभाय् पोस्ट बिशेष
लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
कोलाज
सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि
↑