• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि


सुभाय् संवाददाता August 18, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

काठमाडौँ/जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ काठमाडौँको परम्परागत श्मशान घाट कर्णदीप (करबीर श्मशान) मा अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिका क्रममा नेपाल सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ तथा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (का.बा. मेयर) सुनिता डङ्गोलले संयुक्त रूपमा दिवङ्गत जनकविको पार्थिव शरीरमा राष्ट्रिय ध्वज ओढाएर राजकीय सम्मान प्रकट गर्नुभएको थियो।

यसअघि उहाँको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल भाषा मंकाः खलः को प्राङ्गणमा राखिएको थियो। त्यहाँ वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली पछि बागमती प्रदेशका मन्त्री  शैलेन्द्र बज्राचार्य,संघिय सांसद कुलभक्त शाक्य,  काठमाडौँ महानगरकी का.बा. मेयर सुनिता डङ्गोलसहित हजारौँ नगरवासीको उपस्थितिमा विशाल शवयात्रा निकालिएको थियो। नगर परिक्रमा गराउँदै भावविह्वल वातावरणमा पार्थिव शरीरलाई करबीर श्मशान पुर्‍याइएको थियो।

अन्त्येष्टिका क्रममा लामाहरूबाट पाठ, भिक्षुहरूबाट परित्राण पाठ तथा बज्राचार्य गुरुजुहरूबाट दुर्गतिपरिशोधन पाठ गरी धार्मिक विधिपूर्वक अन्त्येष्टि गरिएको थियो। करबीर श्मशानमा श्रद्धान्जली दिन पुगेका रास्वपा काठमाडौँ जिल्ला सभापति राजा शाक्य सामूहिक ‘दुर्गतिपरिशोधन पाठ’ मा  सहभागी हुनुभएको थियो।

Bhoto : Bikram

उहाँको पार्थिव शरीरमा उहाँका जेष्ठ सुपुत्र सुमन श्रेष्ठले दागबत्ती दिएका थिए ।

अन्तिम संस्कारका क्रममा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, संस्कृतिविद्, सङ्घ-संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो।

[photo: Manaoj]

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑