• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

सुभाय् संवाददाता August 18, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

काठमाडौँ/जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ काठमाडौँको परम्परागत श्मशान घाट कर्णदीप (करबीर श्मशान) मा अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिका क्रममा नेपाल सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ तथा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (का.बा. मेयर) सुनिता डङ्गोलले संयुक्त रूपमा दिवङ्गत जनकविको पार्थिव शरीरमा राष्ट्रिय ध्वज ओढाएर राजकीय सम्मान प्रकट गर्नुभएको थियो।

यसअघि उहाँको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल भाषा मंकाः खलः को प्राङ्गणमा राखिएको थियो। त्यहाँ वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली पछि बागमती प्रदेशका मन्त्री  शैलेन्द्र बज्राचार्य,संघिय सांसद कुलभक्त शाक्य,  काठमाडौँ महानगरकी का.बा. मेयर सुनिता डङ्गोलसहित हजारौँ नगरवासीको उपस्थितिमा विशाल शवयात्रा निकालिएको थियो। नगर परिक्रमा गराउँदै भावविह्वल वातावरणमा पार्थिव शरीरलाई करबीर श्मशान पुर्‍याइएको थियो।

अन्त्येष्टिका क्रममा लामाहरूबाट पाठ, भिक्षुहरूबाट परित्राण पाठ तथा बज्राचार्य गुरुजुहरूबाट दुर्गतिपरिशोधन पाठ गरी धार्मिक विधिपूर्वक अन्त्येष्टि गरिएको थियो। करबीर श्मशानमा श्रद्धान्जली दिन पुगेका रास्वपा काठमाडौँ जिल्ला सभापति राजा शाक्य सामूहिक ‘दुर्गतिपरिशोधन पाठ’ मा  सहभागी हुनुभएको थियो।

Bhoto : Bikram

उहाँको पार्थिव शरीरमा उहाँका जेष्ठ सुपुत्र सुमन श्रेष्ठले दागबत्ती दिएका थिए ।

अन्तिम संस्कारका क्रममा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, संस्कृतिविद्, सङ्घ-संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो।

[photo: Manaoj]

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑