Maharjan Ratna
काठमाडौं महानगरमा नेपाल भाषामा पढाइ हुने
Maharjan Ratna
काठमाडौं /काठमाडौं महानगर पालिकाले नेपाल भाषाको स्थानिय पाठ्यक्रम पठन पाठन गराउन महानगर पालिकाभित्रका सबै विद्यालयहरुलाई एक पत्र पठाई आह्वान गरेको छ । काठमाडौं महानगर पालिकाको कार्यपालिकाको गत असोज १९ गते बसेको बैठकले काठमाडौं महानगरपालिका अन्तर्गत संचालित सबै विद्यालयहरुमा शैक्षिक सत्र २०७७ देखि आधारभूत तह कक्षा १देखि ८ सम्म नेपाल भाषाको स्थानिय पाठ्यक्रम पठन पाठन गराउन नियमानुसार लागु गर्न यसरी पत्र लेखी अपिल गरेको हाे । उसले सबै विद्यालयहरुलाई आवश्यक पाठ्यक्रम उपलब्ध गराउने छ । यसका निमित्त उसले सबै विद्यालयलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा १,६२२ मा सङ्क्रमणको पुष्टि
Maharjan Ratna
काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका १,६२२ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १, ६२२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा १,३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार आठ सय २४ सङ्क्रमित थपिएका छन् । तीन हजार ६२० जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
एउटा संवाद – लघुकथा
Maharjan Ratna
-“ल अब म तपाईलाई लिएर हिड्न सक्तिन तपाई आफ्नो छुट्टै बाटो रोज्नोस” “हैन हजुर त्यसो नभन्नोस न, मैले आफ्नो आस्था बिश्वास सबै तपाई मै समर्पण गरेर आईसके। अब म छुट्टै बाटो रोज्नसक्ने ल्याकत मै छैन। म कसरी छुट्टिन सक्छु?” “हैन, अब हामिसंगै जानै सक्तैनौ त न छुट्टिएर हुन्छ? तपाई जोडिन आउनुभयो, मैले जोडे किनकि मेरो अभिष्ट पुरा गर्नु थियो अब पुरा भयो। त्यसैले एउटै बाटो हिड्न सकिदैन। तपाई एउटा बाटो लिनोस म अर्को बाटो लिन्छु। हुनसक्छ फरक फरक बाटो हिड्दा पनि कुनै बिन्दूमा पुन भेटहुन सक्छ र आबस्यक परे त्यतिखेर





