• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

येंया:को यम्बा:द्यो इन्द्र हैन!


सुभाय् संवाददाताSeptember 9, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

महर्जन रत्न                                                                 येंया: यें काठमाडौंमा सप्ताहब्यापी रुपमा मनाइन्छ ।यो जात्रा हिन्दु वा बौद्ध कुनै धर्म बिशेषको जात्रा हैन । यो बिशुद्ध नेवार राष्ट्रको परम्पराको पर्व हो ।
येंंद्या: , ञनिया: ,येंया:, आदि नामले समेत चिनिने येंया: लिच्छवि राजा गुणकामदेवले यें महानगर अंतरगतको तत्कालीन कान्तिपुर नगर बसालेको खुशीयालिमा दशौं शताब्दीदेखि मनाउन सुरु गरिएको हो ।हुन त भाद्र शुक्ल पूर्णिमालाई बिशेष पर्वको रुपमा त्यस समयभन्दा पूर्व नैं मनाउने गरिसकेको देखिन्छ । यंंला पूर्णिमामा मनाइने पर्व समयबजिको पर्वको विशेष अर्थ पनि छ।
राज्य  खस राजाले जितेपछि यहाँ खस भाषा र हिन्दुत्वको प्रभाव बढ्दै गयो । यसरी  खस नेपाली भाषा र हिन्दुत्वको बढी प्रभावका कारण यस जात्रलाई इन्द्र जात्रा भन्ने गरियो र यो जात्राको एक दिन काठमाडौं उपत्यकामा राज्यले बिदा समेत दिने गरेको छ ।
इन्द्र यस जात्राको एक सब प्लट मात्र हो । तर म त अझ यो पनि भन्छु कि यस जात्रामा इन्द्रको कथा कसरी जोडियो थाहा छैन यम्बा:द्योलाई इन्द्र भनी प्रचार गरिएको छ ।ठाउँ ठाउँमा हात बांधेर राखिने देउता इन्द्र हैन यम्बा:द्यो हो । यसका गुथियारहरु अझ पनि यम्बा:द्यो नैं भन्छन् अनि त्यो देउता माथी राख्ने पालो परेको गुथियारलाई यम्बा: पा:ला: अर्थात त्यो बर्ष यम्बा: राख्ने पालो लिएको जिम्मेवार ब्यक्ति । यम्बाद्यो हेर्ने गुथी काठमाडौंको मरु त्वा:, वंघ:त्वा लगायतका महर्जन समुदायको गुथी पनि छ ।
यम्बाद्योलाई नै इन्द्र भनियो लेखियो कथा बनायो तर यम्बाद्योलाई इन्द्रमा परिणत गर्नुपर्ने कारण के त? अनि येंया:लाई इन्द्रजात्रा नैं भन्नुपर्ने किन त ? न यो इतिहाससँग मेल खान्छ न भाषा बिज्ञानसँग । यो पनि एक किसिमको अतिक्रमण नैं हो । वंघ: कुनैं समय नदीहरुको दोभान ह्वंग: , त्यस नजिकैंको इन्द्रचुक भन्ने नाम सापटी लिएर अहिले इन्द्रचोक बनाइएको छ ।वंघ: नाम नै एक किसिमले लुप्त भैसकेको छ ।  काठमाडौंको मध्य भागमा असन बजारबाट पश्चिमतिरको थोरै दुरीमा वास्या:द्यो छ । काठको ठूलो मुढामा सिक्कासहित किलै किला ठोकिएको देवता । काठमाडौंमा बाहिरबाट आई काम गर्ने असन बजारका भरियाहरु त्यहाँ जम्मा हुने रहेछन् । उनीहरूलाई त्यस देवताको नाम र महत्त्वसँग कुनै मतलब थिएन । कसैले सोध्यो भने कहाँ बस्छौ भन्दा त्यस देवता वास्या:द्योलाई बांगो मुढा मात्र देखेको कारण ऊनीहरु सरल रूपमा भन्थे “बांगेमुढामा बस्छौं ।” आखिर अहिले त्यो ठाँउ वास्या:द्योभन्दा बांगेमुढाको नामले चिनिने भइसकेको छ । वास्या:द्यो भनेर चिन्ने त दुर्लभ भइसके । यी सबका पछाडीका कारण के होलान् त? यसबारे थप धेरैले जानकारी राखेकै होला। बिज्ञहरु यसलाई पनि सांस्कृतिक र धार्मिक अतिक्रमण नैं मान्छन् ।
मूल कुरा येंया:लाई इन्द्र जात्रा भन्नु गलत हो भन्ने मेरो आसय हो । अर्को कुरा इन्द्रको यस जात्रासँग कुनै सम्बन्ध नै छैन भन्ने हो ।किन कि जसलाई इन्द्र भनेर दाबी गरिएको छ त्यो यम्बा:द्यो हो । तिब्बती ,तामाङ भाषामा काठमाडौं उपत्यकालाई   अहिलेपनि   येम्बुङ भनिन्छ । यो किरातकालिन नाम हो । येम्बुङ पछि येम्बु हुँदै यें भनियो र हालसम्म यें कायम छ । येम्बुङ , येम्बु , यें ,यम्बाद्यो , यंकेदं ,यी सब शब्दमा समेत समानता देखिन्छ ।यी सबै शब्दहरुको ऐतिहासिक पक्ष र भाषा बिज्ञानको आधारमा तथ्यपूर्ण रुपले अझ बढी अध्ययन हुनु जरुरी छ । जात्रा मनाउने मूलबासी उपत्यकाको , मनगढन्ते इतिहास कथा लेख्ने बाहिरका विद्वान भनाउँँदाहरु, काठमाडौंका बिज्ञहरुको तथ्यपूर्ण कुरा पनि स्वीकार नगर्ने अनि कुरो त त्यतिकै भो नि ! न इतिहास न कथा , सबैतिर काठमाडौंले नबोक्ने कथा र पात्र रटान मात्र !                         
एकजना विद्वानले त यतिसम्म लेख्न भ्याए इन्द्रयात्रा बाट अप्रभंस भएर येंद्या, येंया: भयो । यस तथ्यलाई आधार मान्ने हो भने त इन्द्र शब्द अप्रभंस भएर यें बनेको भन्ने मान्नुपर्ने हुन्छ जुन सरासर गलत हो । यें काठमाडौंको किराँतकालिन नाम हो । यो प्रमाणित तथ्य हो ।                                                           येंया:मा नचाइने पुलुुुुुकिसि ,लाखय् ,सव:द्य्यो , दागिं बहुमत, य:सिं आदि हरेकको पृथक मिकथ छ्न् । इतिहास छ्न् । तर सबै कुरा इन्द्रमा केन्द्रित गर्न खोजिएको देखिन्छ । दागिंंले शहर परिक्रमा गरिसकेपछी स्नान गर्ने  येंकेदंलाई इन्द्रदह भनियो ।
येंकेदं   कसरी इन्द्रदह बन्यो ?                                            
                                                                            येम्बाद्यो इन्द्र कहलिए जस्तै उनैसँग सम्बन्धित यो स्थान पनि इन्द्रदह नामले अहिले प्रचलित रहेको र नयाँ पुस्ताले यंकेदं (येंकेदह) भन्ने नाम समेत बिर्सने अबस्थामा रहेको छ । यो येंकेदं (येंकेदह) । येंया: सँग सम्बन्धित एक तीर्थस्थल । काठमाडौं कलंकी रिंगरोडबाट ११ किमि पश्चिमतिर(मोटर बाटो) दहचोक मगर गाउँमा रहेको यो स्थान अब इन्द्र दहको नामबाट चिनिन्छ । येंया:को रथ यात्राको पहिलो दिन निकालिने दागिंसगैं मृतात्माको सद्गतिको कामना गर्दै हिडेका मृतकका आफन्तहरु त्यही राति यस दहमा गइ स्नान गर्ने काठमाडौंका रैथाने नेवारहरुको परम्परा रहेको छ ।
येम्बाद्यो इन्द्र कहलिए जस्तै उनैसँग सम्बन्धित यो स्थान पनि इन्द्रदह नामले अहिले प्रचलित रहेको र नयाँ पुस्ताले यंकेदं (येंकेदह) भन्ने नाम समेत बिर्सने अबस्थामा रहेको छ ।              यसरी काठमाडौंले आफ्नो पुरानो नाम यें हराएजस्तै  यहाँको महत्त्वपूर्ण जात्राले पनि  आफ्नो मौलिक नाम हराउँदै गएको       छ । यो दुुु:खको कुुुरा हो ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑