काठमाडौं-/ शुक्रबार राति काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ ।
आज राति २.५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं आसपास समेत लामो समय महसुस गरिएको भूकम्पले धेरैलाई रातको गहिरो निद्राबाट उठाएको थियो ।
भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित दाङलगायत पश्चिमी क्षेत्रमा पनि भएको थियो ।
बारम्बार आइरहेको भूकम्पले सुरक्षा चुनौती बढाएको महसुस गरिएको छ ।
,
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५