• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नेवा खल: कास्कीको अध्यक्षमा पालिखे पुनः सर्वसम्मत


सुभाय् संवाददाताAugust 13, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

पोखरा, २७ साउन/ नेवा खल कास्कीको अध्यक्षमा पुन: अशोक पालिखे सर्वसम्मत चयन भएका छन। संस्थाको आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा पालिखेसहित सम्पुर्ण पदाधिकारी सर्वसम्मत चयन भएका हुन । साे अवसरमा सल्लाहकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको थियाे ।
नेवा खल कास्कीको तेश्रो कार्यकालका लागि निर्विरोध चयन भएका पालिखे स्थापित ब्यबसायी तथा कुशल नेतृत्वकर्ता हुन। यसअघि पोखरामा रहेका विभिन्न सामाजिक तथा व्यावसायीक संघ, संस्थाकाे नेतृत्वतहमा दुई पटकदेखि तीन/तीन पटकसम्म निर्विरोध भएको उनकाे बिगतले देखाउछ ।
समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ र उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्डारी चयन भएका निर्वाचन मण्डलका संयोजक तीर्थ श्रेष्ठले बताएका छन ।
बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि उनीहरुको पनि कलस्टर अनुसार चयन गरिएको छ ।
सदस्यहरुमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजु चयन भएका छन् ।
यस्तै संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन भएका छन् । परिषदतर्फबाट सदस्यमा शान्त कुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन भएका निर्वाचन मण्डलका सदस्य निरञ्जन श्रेष्ठले जानकारी दिए ।
यस्तै अध्यक्षबाट मनोनित भएका सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्त कुमार श्रेष्ठ, रिशव तिमिला र लील बहादुर श्रेष्ठ रहेका निर्वाचन मण्डलका सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।
कमिटिको कार्यकाल ३ वर्षको रहनेछ । सो कार्यकालका लागि कमिटिमा रहेर काम गर्न इच्छुक विभिन्न क्षेत्रबाट आमन्त्रित सदस्यहरु पनि चयन गरिएको अध्यक्ष पालिखेले बताए ।
आमन्त्रित सदस्यहरुमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदय बहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ लगायता रहेका छन् ।
उच्च अदालत पोखराका कामु न्यायाधिश रमेशराज भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफ्नो कला, संस्कृति र भाषाको संरक्षणका लागि निरन्तर लागिरहनु पर्ने बताए ।
उनले आफ्नो भाषा, संस्कृति, रितिरिवाज, चालचलन नै हराए पहिचान नै हराउने भएकोले यसको रक्षाका लागि समुदाय सचेत रहनु पर्ने बताए । यो राष्ट्रिय सम्पति भएकोले यसलाई जोगाउनु सबैको कर्तव्य भएको बताए ।
अध्यक्षमा निर्विरोध चयन भएपछि पालिखेले भने, मैले कहिले पनि आफ्नो इथिक्स अनुसार चल्नै नपाउने भएँ । फेरी पनि मलाई नै अध्यक्ष बनाए साथीहरुले अब म के गरुँ ? एउटै मान्छे पटक पटक उही पदमा बसिरहनु राम्रो होईन । भन्नेले फेरी केके कुरा गर्छन् । तर के गर्नु जिम्मेवारी मलाई दिइएको छ ।
म २०७० साल चैत्र २२ गते अध्यक्ष भएर आउँदा एउटा बाचा गरेको थिएँ त्यो पूरा गरेको छु । नेवाः छे भवन नबनाई म मर्दिन भनेको थिएँ सम्पन्न पनि गरेको छु । अब ससाना काम मत्रै बाँकी छन् ।
यो भवन नेपालमै रहेका नेवारी समुदायले बनाएकोभन्दा पृथक र भव्य रहेको बताए। जहाँ संग्रहालय पनि बनाईएको छ । यसमा साढे सय वर्ष अघिका भाँडाकुडाँ तथा पूरातात्विक बस्तुहरु रहेका छन्, उनले् भने ।
सो अवसरमा पालिखेले पोखराको पर्यटनको लागि अब ताल र हिमाल मात्रै देखाएर नपुग्ने भएकोले यहाँका संग्रहालय पनि पर्यटनको गन्तव्य बनाउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।
कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष चन्द्र बहादुर राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरेन्द्र श्रेष्ठले संचालन गरेका थिए ।(सफल आवाजको मद्दतमा)

सम्बन्धित पोस्ट
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑