• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

नेपालको प्राचीन सभ्यता खोकना ! १० हजार बर्षभन्दा पुरानो बल्ने ढुंगाको पूजा !


सुभाय् संवाददाताOctober 10, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २०८ मिनेट

– महर्जन रत्न

This image has an empty alt attribute; its file name is received_1775884399223285600918429.jpeg

पूजारी ८ किशोर

सिकाली जात्रा न दशैं न मोहनि !

–१० हजार बर्षभन्दा पुरानो बल्ने ढुंगा नैं सिकाली ,ध्यानाच्व माजु (देवी) धम्मर आजु (पूर्खा) मानिएको छ ।उपत्यकामा मानव वस्ती बसाउने भनी उल्लेख गरिएका धर्माकर राजालाई धम्मर आजु भनिएको धारणा ।

–पूजा गर्ने थाली नैं “कोत:” नैं १६ सय बर्ष पुरानो

This image has an empty alt attribute; its file name is images-9728816403..jpg

खोकना , जसलाई यहाँका रैथाने नेवार खोना भन्छन् । तोरीको तेलको लागि प्रसिद्ध यो ठाउँ नेवार सभ्यता मात्र हैन नेपालकै प्राचीन सभ्यताको केन्द्र मध्ये एक हो ।

यल ( पाटन) शहरको दक्षिणतिर रहेको यो ऐतिहासिक बस्ती हो । यहाँको संस्कृति भेषभुषा निकै प्राचीन शैलीमाका छन् । विभिन्न आख्यान र इतिहासका चाखलाग्दो तथ्यहरुका कारण पनि खोकना प्रसिद्ध छ ।

This image has an empty alt attribute; its file name is images-111149033838..jpg

This image has an empty alt attribute; its file name is shikali-festival-13-1024x6812101613903.jpg

सिकाली संस्कृति कति पुरानो हो भन्ने अनुमान त्यहाँ नगरभन्दा बाहिर पश्चिमतिर रहेको सिकाली खेलको दस हजार वर्षभन्दा पुरानो ढुंगालाई लिन सकिन्छ ।यस ढुंगालाई सिकाली जात्राको क्रममा विशेष पूजा गरिन्छ । यस ढुंगालाई “नगु ग्वारा ” भनिन्छ । नगु को अर्थ नेवार भाषामा तारा हो भने ग्वाराको अर्थ डल्ला । सिधा अनुवाद गर्ने हो भने “ताराको डल्लो “।यो विशेष प्रकारको ढुंगा सूर्यको प्रकाशले चार्ज हुने र अँध्यारोमा प्रकाश दिने अर्थात बल्ने प्रकृतिको रहेको छ त्यसैले यसलाई बल्ने ढुंगाको रुपमा पनि लिइएको छ । यस ढुंगाबाट मानिसले उर्जा प्राप्त गर्न सकिने कुरा हजारौं बर्ष अगाडि नैं यहाँका मानिसहरुले सिकिसकेको र त्यतिबेलादेखि यसप्रकार विशेष पूजा गरिंदै आएको छ । सिकाली खेलमा हरेक वर्ष आश्विन कृष्ण तृतियाको दिन त्यहाँका किशोरहरु राती पुजाआजा गर्न जान्छन् । त्यस पूजामा लिएर जाने विशेष कोत: ( पूजा थाली ) नैं १३ सय बर्ष पुरानो रहेको छ । नगु ग्वारा पूजा हुने समय ८ किशोर पुजारी बाहेक अरुलाई त्यस क्षेत्रमा जान निषेध गरिएको हुन्छ

यसपालि पनि सिकाली संस्कृतिको निरन्तरता दिन गत मंगलबार राती १० बजेतिर पुजा गर्न गएका दुई किशोरले त्यो ढुंगा बलिरहेको देखेको बताए । यसरी त्यो ढुंगा बलेको देख्नु खोकनाबासीको निम्ति सामान्य कुरा रहेको बताइन्छ । यस ढुंगाको बिषयमा विशेषज्ञहरुले पनि रुचि लिइ अध्ययन गरेको देखिन्छ ।उनीहरूले यो परवैजनी किरण ढुंगा नाम दिएका छन् ।यहि ढुंगा नैं सिकाली देवि भनी मानिन्छ । अनि यस ढुंगालाई ध्यानाच्व माजु (देवि)को रुपमा पनि लिइन्छ ।साथै धम्मर आजु ( पूर्खा) पनि भनिन्छ। धम्मर आजु धर्माकर राजाको रुपमा पनि व्याख्या गरेको पाइन्छ ।दहको रूपमा रहेको काठमाडौंबाट पानी बगेर गएपछि मानव वस्ती बस्न लायक भएपछी उनै राजाले यहाँ पहिलो बस्ती बसालेको कुरा विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

This image has an empty alt attribute; its file name is fb_img_15702047280981549299396.jpg

यसरी सर्सर्ती मात्र हेर्दा पनि सिकाली संस्कृति नेवार सभ्यताकै ढुंगा पूजन गर्ने पहिलो स्थान हुन सक्ने अनुमान गर्न सकिन्छ ।

स्थानीय बासिन्दाहरु “सि” “खत”जात्रा अप्रभंश भएर सिकाली भएको पनि भन्ने गर्दछन् । नेवार भाषामा फलफूललाई “सि” भनिन्छ अर्थात् फलफुलको खटमा राखेर गरिने जात्रा सिखतय् बाट सिखलय् हुँदै सिखली हुन गएको धारणा पनि रहेको छ । नगु ल्वंह पूजा गर्न जाने आठ जना महर्जन पुजारीहरुले खोकनाबासीसँग दिनभरि पूजाको निम्ति फल माग्दछन् । फल भिक्षा मागेजस्तै मागिन्छ । यसरी फल भिक्षा माग्न गएका किशोर पुजारीहरुलाई कसैले छुन नहुने चलन रहेको छ । यसरी भिक्षाटन गरि ल्याएको फलबाट खट बनाइन्छ । सिखतमा जात्रा गर्ने भएकोले फलफुलको खत अर्थात सिखत बाट सिखली भनिएको हो । सिखली जात्रालाई नैं सिकाली जात्रा भन्न थालिएको हो तर जात्राको वास्तविक नाम सिखली रहेको संस्कृतिकर्मिको भनाई रहेको छ ।

वज्रयानी बौद्ध मत अनुसार शिखी बुद्धसँग यो जात्राको सम्बन्ध रहेको छ । शिखी जात्राबाट सिखली जात्रा हुँदै सिकाली भन्न थालिएको उनीहरुको मत रहेको छ । यो जात्रा शिखी बुद्धको ज्ञानसँग संबंधित रहेको छ उनीहरू भन्छन् ।

षस्ठीको दिन सिखली जात्रा हुन्छ भने सप्तमिको दिन रुद्रायणीको जात्रा हुन्छ स्थानीय संस्कृतिकर्मि सुनाउँछन् । सिखली जात्रा र रुद्रायणी जात्रा फरक जात्रा हुन् । १३ औं शताब्दीदेखि यस जात्रालाई रुद्रायणी जात्रा भनी भन्न सुरु गरेको पनि उनले बताए । धेरै चाखलाग्दा तथ्य ,आख्यानहरु जोडिएका छन् यस जात्रामा ।

नितान्त नेवार मौलिक वस्ती काठमाडौं र पाटन भक्तपुरभन्दा पनि प्राचीनता झल्काउने खोकनाको सभ्यता , संस्कृति अन्वेषकहरुको निम्ति पनि रोमाञ्चक ठाँउ हो ।

यस ठाउँमा विभिन्न जात्रा पर्वमा सामेल हुने पात्रहरुले लगाउने विभिन्न कालखण्ड झल्काउने भेषभूषा पनि निकै अर्थपूर्ण रहेको अध्ययनको विषय हुन सक्छ ।

सिकाली खेलमा मूल बल्ने ढुंगा बाहेक अरु दुई अर्थात् कूल ३ वटा बल्ने ढुंगाहरु रहेका छन् ।

खोकनामा यस प्रकारका प्राचीन संस्कृति धेरै रहेका छन् ।

खोकनामा न त दशैं मनाइन्छ न त नेवार समुदायले मनाइने मोहनी नैं मनाइन्छ । यहाँ सिकाली जात्रा पर्वको रुपमा भब्य रुपले प्राचीनकालदेखि मनाइदै आएको देखिन्छ ।

रहस्य रोमाञ्चकताले कुतकुत्याउने खोकना नेपालकै प्राचीन सभ्यता हो । यसलाई सरकारले विभिन्न योजनाको बहानामा नष्ट गर्ने प्रयास गर्दैछ भने स्थानीयले त्यस योजनाहरु विरुद्ध संघर्ष गर्दै आएको छ ।

This image has an empty alt attribute; its file name is sikali-jatra-khokana-newskarobar-newskarobar-15-768x512525344917.jpg

This image has an empty alt attribute; its file name is page-14-15a1625903161.jpg

This image has an empty alt attribute; its file name is download-114429344..jpg

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑