• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

लेख्नेले थोरैमा धेरै कुरा भन्ने हो – ध्रुब मधिकर्मी


ध्रुव मधिकर्मी
सुभाय् संवाददाताAugust 21, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

लघु कथा दिवस विशेष     
नेपाली साहित्य आकाशमा ध्रुव मधिकर्मी पुरानो पुस्ताको लागि चिनाइरहनु पर्ने नाम होइन। रेडियो नेपालमा समाचार सम्पादक समेत रहिसक्नु भएका उहाँ लघुकथा समाजको उपाध्यक्ष पदमा रहेर संस्थाको तर्फदेखि विधाको बिकास बिस्तारमा लामो समय दिइसक्नु भएको छ। आज भदौ ५ गते, लघुकथा दिवस । यसै अवसरमा लघुकथामा केन्द्रित रहँदै लिइएको उहाँसँगको अन्तरवार्ता –
नमस्कार , यहाँको पुरा परिचयसहित साहित्यिक यात्रा बारे बताइदिनुहोस् न ।
– नमस्कार, म ध्रुव मधिकर्मी,जन्ममिति २०१५, मेरो स्थायी बसोबास भक्तपुर हो र मेरो साहित्यिक यात्रा यस प्रकार रहेको छ।
हालसम्मका कृतिहरूको सूचि यसप्रकार रहेका छन् ।
१. सन्दर्भ समय (कविता सङ्ग्रह )
२. जिन्दगी र समय (कथा सङ्ग्रह )
३. बुद्ध कहीं छैन (लघुकथा सङ्ग्रह )
४. दृष्टि र घनघोर जङ्गल (कथा सङ्ग्रह )
५. समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर (समालोचना            सङ्ग्रह )
६. अजिङ्गरको जात्रा (बालकथा संग्रह)
७. पीडाको जङ्गल (गजल संग्रह)
८. ओरालोको सिलसिला ,(लघुकथा संग्रह )
९. सम्पादन र अनुवादका केही कृति
साहित्यमा कहिलेदेखि कलम चलाउन थाल्नुभयो ?
– साहित्यमा ०३२, ३३ देखि कलम चलाउन थालेको हुँ । साप्ताहिक पत्रिका अर्पणमा २०३३ सालमा छापिएको कविता नै प्रथम प्रकाशित रचना हो ।
हालसम्म नेपाली र नेपालभाषामा गरेर आफ्नो एकल मात्र नौ वटा कृति प्रकाशित छन् भने अरु केही कृति सम्पादन र अनुवादका छन् । फुटकर कृति त दुईचार वटा पुस्तकका लागि पुग्छ भन्दा हुन्छ ।
सबैभन्दा आफूलाई मन पर्ने विधा रोज्नु पर्दा कुन बिधालाई महत्त्वमा राख्नुहुन्छ ?
– साहित्यमा सबै विधा नै मन पराउँछु । अझ प्रारम्भिक कालमा त सबैजसो विधामा केही न केही लेखें भन्दा फरक नपर्ला । त्यतिबेला नयाँ रहर जोश र उत्कंण्ठा ज्यादा थियो । पाएसम्मको विधामा आफूलाई अभिव्यक्त गर्न रुचाउँथे । तर पछि सबै विधामा कलम चलाउनु ठीक लागेन र छोडें । अब कथा र लघुकथामा बढी चासो लागेको छ । त्यसो त सुरुदेखि नै मैले लघुकथा र कथा विधामा नै बढी आफूलाई संलग्न गराउँदै आएको छु ।
यसको कुनै खास कारण छ कि ?
– कुनै पनि विधामा विशेषतः लाग्नुको केही कारण त हुन्छ नै । तर कारणले मात्र नभई कहिलेकाहीँ हिंड्दै गएपछि मोड आउने रैछ । दोबाटोमा पुगेपछि यतापट्टि लागौं न भन्ने सोचले पनि काम गर्दो रहेछ । त्यस्तै भयो । कविता गीत गजलको आफ्नै विशेषता र महत्व छ । तर लघुकथा र कथाको पनि विशेषता र महत्व अन्य विधाभन्दा कम छैन । विशेषगरी कथामा आफ्नो सोच र समाजमा देखेभोगेका कुरालाई विश्लेषणात्मक र व्यञ्जतात्मक रुपले प्रभावकारी हुनेगरी व्यक्त गर्न सकिन्छ । कथामा आफूलाई फैलाउने खेल्ने उड्ने लुक्ने अनेक सम्भावना हुन्छ ।
 
भनिन्छ, मानिस आफ्नो सफलतामा कहिं न कहिंदेखि प्रेरित भएको हुन्छ। यहाँले आफ्नो प्रेरणाका श्रोत बारे बताउनु पर्दा ?
– फलानो व्यक्ति वा फलानो घटनाले गर्दा लेखनमा प्रेरणा दियो भन्ने खालको केही छैन । त्यतिबेला एसएलसी सकिएपछिको केही समय स्थानीय पुस्तकालयमा गएर पत्रपत्रिका पढ्ने, रेडियोमा गीत सुन्ने र उपन्यास पढ्ने आदि बानीले लेखनमा रुचि र रहर पैदा भयो । त्यतिबेला विस्तारै खुल्दै गएको समाज थियो जसले गर्दा एकप्रकारले फरक तथा नौलो अनुभूतिले छोइरहेको थियो । त्यसमाथि उमेरजन्य मानसिकताले गर्दा केही न केही गरुँ भन्ने सोच पनि थियो । त्यही सोचले लेखनमा डोर्यायो ।
फरक विधाबाट विशेष रुपले लघुकथा लेखन र लघुकथाको बिकास र बिस्तारमा आकर्षित हुनाका कारणहरू बताइदिनुहुन्छ कि ?
– वास्तवमा पहिलो प्रकाशित रचना कविता भए पनि विशेषतः कथाहरु पढ्न मनपराउँथे । पञ्चतन्त्र, नीतिकथा, लोककथाहरु लगायत नयाँ नयाँ विषयका कल्पनात्मक उडानका कथाहरुले आकर्षित गरिरहन्थ्यो । यसैले त्यतिबेलादेखि ससाना रचनाहरु लघुकथाहरु लेख्न थालेको थिएँ । अहिले जस्तो लघुकथाको कुनै अवधारणा निर्माण भइसकेको थिएन । सानो कथा लेख्न अलि सजिलो पनि , समय पनि कम लाग्ने, पढन धेरै समय पनि नलाग्ने । यताउति देखेसुनेका छोटो घटना, अनुभूति वा विषयवस्तुलाई छोटो रुपमै लेख्यो अनि पत्रपत्रिकामा पठायो । त्यतिबेला जागृति, अर्पण, संरक्षक आदि पत्रिकाले लघुकथालाई निकै स्थान दिए । यसै कारणले पनि म लघुकथाप्रति आकर्षित हुँदै गएको हुँ। ओझेलमा पर्न बाट बचाउन २०६५ मा संस्थागत रुपमा लघुकथा समाज गठन भयो । हामी निरंतर रुपमा लघुकथाको बिकास र बिस्तारमा लागेका छौँ । सङ्गठित भएर काम गर्दाका नतिजाहरू बारे मैले भनिरहनु पर्छ जस्तो चाहिँ लाग्दैन।
हाम्रो लघुकथा पाठशाला’ पेजका गतिविधिलाई यहाँले कसरी नियालिरहनु भएको छ ?
– पछिल्लो समय लघुकथाका कारणले नै फेसबुक हेर्ने धेरैको बानी परिसकको छ । साहित्य लेख्ने र पढ्नेहरुका लागि फेसबुक पनि एउटा महत्वपूर्ण माध्यम भएको छ । म पनि प्रायः फेसबुक खोल्दा लघुकथासम्बन्धी विषयमा अलि ध्यान दिने गर्छु । यसरी ध्यान दिने एउटा सञ्जाल “हाम्रो लघुकथा पाठशाला” पनि हो । यसमा अलि बढी ध्यान जानुको कारण के हो भने यसमा केवल लघुकथा मात्र पोष्ट हुन्न , लघुकथा सम्बन्धी धेरै प्रकारका सन्दर्भहरुसित पनि यो जोडिएको छ । नयाँ नयाँ स्रष्टाहरुका लागि लघुकथाको परिचय दिएर र लेख्न प्रोत्साहन त गरिरहेकै छ । तथा दिनैपिच्छे जस्तो वाचनका विविध पक्षहरुको संचालन गर्नुका साथै स्थापित स्रष्टाका विषयमा पनि बेलाबेलामा जानकारी उपलब्ध गराएको छ ।
यो निकै महत्वपूर्ण पक्ष हो । यसले लघुकथा प्रवेश गरिरहेका नयाँ पुस्तासित परिचित हुने अवसर प्रदान गरेको छ ।
साथै हाम्रो लघुकथा पाठशालाले खेलेको भूमिका र थप नयाँ आयामबारे आफ्नो केही भनाइ सुझाव छन् कि ?
– हाम्रो लघुकथा पाठशालाले संचालन गरेका नयाँ नयाँ कार्यक्रमले लघुकथालाई अझ बढी पाठकहरुसम्म पुर्याउन मद्धत गर्छ, गरिरहेको छ । पोस्ट भएका रचनाको प्रतिक्रिया, स्थापित स्रष्टाको लघुकथा वाचन, मन परेका लघुकथाको वाचन तथा लघुकथाको परिभाषा दिएर यो विधाको प्रसारमा योगदान पुर्याइरहेको छ ।
भर्खरै लघुकथाको इतिहास समेटिएको श्रव्यदृश्य गीत सार्वजनिक भयो । त्यसले गीतको माध्यमबाट पनि प्रसार गर्नमा मद्धत गर्छ । एउटा कार्य के गर्न सकिन्छ भने नयाँ पुराना स्रष्टाहरुका चर्चित र राम्रा लघुकथाहरु किन चर्चित, राम्रा र महत्वपूर्ण भए भन्ने बारेमा त्यसका विशेषताको चर्चा गर्न सकिन्छ । प्रकाशित लघुकथा कृतिको प्रसार र समीक्षाको लागि पनि केही गर्न सकिन्छ । पोस्ट भएका लघुकथाहरुको पुस्तक निकाल्ने कार्य त गरिएकै छ । त्यसलाई निरन्तरता दिनु उपयुक्त हुनेछ । ।
स्थापित तथा अग्रज लघुकथाकारको हैसियतले नयाँ लेखक/ सर्जकहरूलाई मार्गदर्शन दिनुपर्दा ?
–  जीवनको कुनै एउटा क्षण, सानो घटना वा अनुभूतिले निर्माण भएको सानो आख्यान नै लघुकथा हो । यसले ओगट्ने समय सानो हुन्छ तर त्यसले जीवनको एउटा महत्वपूर्ण पक्षलाई उजागर गरिरहेको हुन्छ । लघुकथा लेख्नेले यस्ता कति कुरामा ध्यान पुर्याउनु आवश्यक छ । कतिपयले लघुकथामा विषय भन्दा बढी लेख्ने, आवश्यक भन्दा लामो व्याख्या गर्ने र लामो समयलाई ओगटेर लेख्छन् । यस्ता कुरामा सचेत हुनु आवश्यक देख्छु । हुन त नयाँ सर्जकहरुलाई पाठशालाले पनि यस्ता विषयमा झक्झक्याइरहेको देख्छु ।
पुरानो पुस्ताका ५ जना र नयाँ पुस्ताका ५ जना लघुकथाकारहरुको नाम लिनुपर्दा ?
–  अहिले लघुकथाको विकास र विस्तार हेर्ने हो भने ५ , ५ जनाको नाउँ दिए पुग्ला जस्तो छैन । उत्साहवर्धक लेखन र स्रष्टाहरुको उपस्थिति लोभलाग्दो छ । फेरि अब पुस्ताहरु पनि दुई तीन होइन धेरै भइसके ।
विनय कसजु, किशोर पहाडी, रत्न कोजू, नारायण तिवारी, श्रीओम श्रेष्ठ, सुमन सौरभ, रविन्द्र समीर, गोपाल अश्क, तुलसीहरि कोइराला, कृष्ण शाह यात्री, हरिप्रसाद भण्डारी, मुक्तिनाथ घिमिरे, वर्तमान समयका राजु क्षेत्री अपुरो र अन्य धेरै छन् । नयाँ पुस्ताका केही लघुकथाकारहरूले लघुकथालाई उचाईमा लैजान प्रयत्नशील भैरहेको मैले पाएको छु।
अन्तमा आफ्नो तर्फबाट भन्नुपर्ने केही थिए कि ?
–  तपाइँका प्रश्नमा नै माथि धेरै कुरा आइसके । फेरि श्रष्टाले बढी बोल्ने होइन , लघुकथा लेख्नेले त झनै बढी बोल्नु हुन्न । हामीले थोरैमा धेरै भन्ने , कम शब्दको प्रयोगबाट बढी अर्थको विस्तार गर्ने प्रयास थाल्नु पर्छ भन्ने लाग्दछ । त्यसमाथि हामीले अब बेला बेलामा नयाँ नयाँ कुरा र सन्दर्भ बनाउनु नै छ । साथै मेरा भनाइ पाठकसामू पुर्याउन मद्धत गर्नु भएकोमा हाम्रो लघुकथा पाठशाला टिमप्रति आभार व्यक्त गर्दछु।
– राजु क्षत्री ‘अपुरो’
साभार: हाम्रो लघुकथा पाठशाला पेज

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑