• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

विक्रम संवत् भर्सेस नेपाल संवत्


सुभाय् संवाददाताApril 13, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

वसन्त महर्जन
नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन।
साल गणनाका लागि अनेक नामका संवतहरू प्रयोगकर्ताको सुविधा वा आवश्यकताअनुसार प्रयोग हुँदै आएको पाइन्छ। नेपालमा सरकारीस्तरबाट प्रचलित ‘विक्रम संवत्’ र देशकै नामबाट नामकरण गरिएको ‘नेपाल संवत्’को प्रयोगलाई लिएर केही दशकदेखि विवादसँगै एक खालको राजनीति पनि हुँदै आएको छ। यस्तै, संवतको प्रकृति र नेपालको सांस्कृतिक जीवनलाई बुझनुभन्दा सतही रूपमा तर्क-वितर्क गर्नमा अभ्यस्त रहेको पनि देखिन्छ।
विक्रम संवतका पक्षधरहरू नेपालबाटै यसको शुरूआत भएको र आफ्ना चाडपर्व यस संवतमा आधारित हुने विचार राख्छन्। तर, दशैं-तिहारलगायत अधिकांश चाडपर्व गतेबाट नभई तिथिअनुसार चल्नेतर्फ ध्यान दिँदैनन्।
नेपाल स‌ंवतका पक्षधरहरू पनि चाडपर्व तिथिअनुसार पर्ने भएकाले नेपाली संस्कृति नेपाल संवतमा आधारित भएको मान्यता राख्छन्। जबकि, नेपाल संवतलाई व्यवहारमा ल्याउन र सरकारी मान्यता दिलाउन लामो समयदेखि आन्दोलनरत नेवारमा तिथि र गते दुवैमा आधारित चाडपर्वहरू प्रचलित छन्। यसलाई विक्रम संवत् र नेपाल संवतमा आधारित नभनी चान्द्र र सौर्य मानमा आधारित भन्दा अझ् स्पष्ट हुन्छ। ‘संक्रान्ति’हरू गते वा सौर्य मानमा आधारित छन् र ती विभिन्न नामका ‘सँल्हू’का रूपमा प्रचलनमा छन्।
विक्रम संवत् अनुसार १ वैशाखमा बंगाललगायत अन्य समाजमा वर्ष फेरिएको हुन्छ। त्यहाँ विक्रम संवतको प्रचलन रहेको बुझइ नेपालीको भए पनि त्यो विक्रम संवत् नै हुनुपर्छ भन्ने जरूरी छैन, नेपाल संवतको स्थिति पनि यही हो।
समयको गणना सूर्य वा चन्द्रको गतिअनुसार गरिन्छ। सूर्यलाई आधार मान्नुलाई सौरमान र चन्द्रमालाई आधार मान्नुलाई चान्द्रमान भनिन्छ। सूर्यलाई आधार मान्ने विक्रम संवत् मात्रै नभएर ईस्वीलगायत अन्य थुप्रै संवत् छन्।
त्यस्तै, चन्द्रमालाई आधार मान्ने नेपाल संवत् मात्रै नभएर हिज्रीलगायत संवतहरू पनि छन्। नेवारलगायत अधिकांश नेपालीको सांस्कृतिक जीवनमा प्रचलित चाडपर्वहरू सौरमान र चान्द्रमानमा आधारित भएकाले नेपालका सन्दर्भमा जुनसुकै संवत् भए पनि त्यसलाई प्रयोगका दृष्टिले संयुक्त रूपमा क्यालेन्डर बनाइएको हुन्छ, जसलाई ‘चान्द्र-सौरमान’ आधारित भनेर नामकरण गर्न सकिन्छ।
सौरमान र चान्द्रमान दुई बेग्लाबेग्लै पद्धति भएकाले एउटा निश्चित पद्धति अपनाएर जति वटा संवत् पनि बनाउन सकिन्छ। देशको नामबाट नामकरण भएको नेपाल संवत् मात्रै नेपालको मौलिक संवत् नभएर मानदेव संवतलगायत अन्य केही संवतहरू प्रचलनमा रहेको ऐतिहासिक स्रोतहरूमा पाउन सकिन्छ। सौरमान वा चान्द्रमान पद्धतिमा भएका सबै संवतको वर्ष फेरिने दिन एकै दिन नपरेर आ-आफ्नो सुविधाअनुसार परेको पनि पाइन्छ।
विक्रम संवत् नेपालकै मौलिक रहेको दाबी गर्नेहरूले ‘कुनै बेला नेपालमा विक्रम वा विक्रमादित्य नामका राजा रहेको र तिनको नामबाट यो संवत् थालनी भएको’ बताउँछन्। तर, नेपालमा यो नामका कुनै राजा भएको ऐतिहासिक तथ्य र विवरण अहिलेसम्म उपलब्ध भएको छैन। पहिले भारतमा ‘संवत्’को नामबाट मात्रै प्रचलित यो संवतमा पछि विक्रम नाम जोडिएको पाइन्छ।
तर, ती कुन राजा हुन् भन्ने विषयमा भारतीय इतिहासकारहरूमै अन्योल छ। भारतमा प्रचलित भएपछि यो नाम नेपालमा पनि भित्रियो। नेपालमा यसको प्रयोग अन्य संवतजस्तो लगातार भएको थिएन। काठमाडौं उपत्यकामा ज्यादाजसो शक संवत् र नेपाल संवत् नै प्रचलनमा थियो। कर्णालीको सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना भएको खस साम्राज्यमा पनि शक संवतको प्रचलन रहेको र त्यसपछि टुक्रिएका विभिन्न राज्यले पनि शक संवतलाई नै प्रचलनमा ल्याएको पाइन्छ।
गोरखामा विक्रम संवतको प्रचलन रहेकाले नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले नेपाल संवतलाई हटाएर विक्रम संवतलाई प्रचलनमा ल्याएको भन्ने भ्रम केहीमा रहेको पाइन्छ। जबकि, उनले त्यतिबेला प्रचलित शक संवतलाई नै निरन्तरता दिएका थिए।
तत्कालीन नेपाल (काठमाडौं उपत्यका) लगायत केही भू-क्षेत्रमा अन्य संवतहरूको साथमा यदाकदा प्रचलनमा आउने विक्रम संवतको प्रचलन चन्द्रशमशेरले वि.सं. १९६० देखि कडाइका साथ लागू गरेका थिए। के कारणले विक्रम संवतलाई नेपालमा यति महत्व दिइयो भन्ने थाहा नभए पनि यसलाई नेपालकै हो भन्ने देखाउन नाम फेरेर ‘नेपाल संवत्’ बनाई गोरखापत्रमा छपाएको पनि पाइयो।
नेपाल संवतको थालनी (वि.सं. ९३६ तथा ईस्वी ८८०) तत्कालीन नेपालमा भएको र त्यतिबेलादेखि अहिलेसम्म नेवार समुदायले नै धान्दै आएका कारण यसलाई ‘नेवार संवत्’ भन्ने र लेख्ने गरेको पनि पाइन्छ, जुन गलत हो। त्यस्तै, आ-आफ्नो जातीय संवत् हुनुपर्ने अर्को गलत बुझाइ पनि पाइन्छ। जुन संवत् प्रचलनमा ल्याए पनि ती चान्द्रमास र सौर्यमान पद्धतिभित्रै पर्ने भएकाले नामहरूको भीडमा अर्को नाम थप्नु मात्रै हो।(साभार)

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑