• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 02, May, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

अमेरिकी निर्वाचन नतिजाः नयाँ राष्ट्रपतिको चयन अदालतबाट वा संसदीय निर्णय प्रक्रियाबाट हुने सम्भावना छ?


सुभाय् संवाददाताNovember 5, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २९ मिनेट
चुनावमा धाँधलीको आरोप, मतगणनाको विषयमा कानुनी चुनौती र सामान्य अवस्थाभन्दा विजेता चयनमा देखिएको ढिलाइले गर्दा अमेरिकी राष्ट्रपतीय निर्वाचनका विविध पक्षलाई लिएर विभिन्न अनुमान तथा सम्भावनाहरूका बारेमा चर्कै चर्चा परिचर्चा भैरहेको छ।
यसमा कानुनी प्रक्रिया र अदालतको भूमिकाका बारेमा पनि चर्चा सुरु भएको छ।
अमेरिकामा निर्वाचनमा मतगणना परिणामसँग चित्त नबुझी कानुनी चुनौती दिन परेमा सम्बन्धित पक्षका वकिलहरूको टोलीले मतपरिणामलाई राज्य तहका अदालतहरूमा मुद्दा दायर गर्नु पर्छ।
त्यसपछि राज्यका न्यायाधीशहरू मुद्दाको मागदाबीमा सहमत भएभने तिनीहरूले पुनः मतगणनाको आदेश दिन सक्छन्।
चुनावपछि धेरै मानिसले नआओस् भनेर कामना गरेको अवस्थामा अमेरिका
ट्रम्पले कहाँकहाँ कस्तोकस्तो मुद्दा हालेका छन्?
त्यसपछि मात्र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ती फैसलाहरू उल्ट्याउनका लागि आवेदन गर्न सकिन्छ।
यो कति समयसम्म लम्बिन सक्छ?
अमेरिकी निर्वाचनमा मतगणना
राष्ट्रपतीय निर्वाचन भएका कारणले गर्दा यो निर्वाचनले पालना गर्नै पर्ने महत्त्वपूर्ण सङ्घीय तथा संवैधानिक प्रावधान र समयसीमाहरू रहेका छन् जसअनुसार प्रक्रिया अघि बढ्छ:
मतदान भएको ३ नोभेम्बरको दिनदेखि पाँच हप्ताभित्र राज्यहरूले आफूकहाँ को उम्मेदवार विजयी भएको हो भनेर निर्क्योल गरी इलेक्टर अर्थात निर्वाचन मण्डलका सदस्य निर्धारण गर्नुपर्छ। “सेफ हार्बर डेडलाइन” भनिने यो समयसीमा यो वर्ष ८ डिसेम्बर हो।
उक्त मितिसम्म राज्यले विजेता निर्धारण गरेनन् भने संसद्‌ले ती राज्यका इलेक्टरल कलेज सदस्यहरूले दिने मत मान्य नहुने घोषणा गर्नसक्छ।
१४ डिसेम्बरका दिन इलेक्टरहरूले आआफ्ना राज्यमा भेला भएर राष्ट्रपति छान्न मत दिन्छन्।
६ ज्यानुअरीसम्ममा पनि बहुमतप्राप्त विजेता चयन हुन सकेन भने संसद्ले नै एक विशेष प्रावधानअनुसार गएर राष्ट्रपतीय निवार्चनको नतिजा निर्धारण गर्छ।
कंग्रेस भनिने संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति छान्छ भने माथिल्लो सदन सिनेटले उपराष्ट्रपति चयन गर्छ। यसो भएमा राष्ट्रपति र उपराष्ट्रपति दुई अलगअलग पार्टीका मानिसहरू पनि हुनसक्छन्।
तल्लो सदनमा प्रत्येक राज्यका प्रतिनिधि मण्डलसँग एक मत रहन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार नै नयाँ अमेरिकी राष्ट्रपति बन्छ।
तर विज्ञहरू भन्छन् हाउस र सिनेटले नै राष्ट्रपति छान्न पर्ने अवस्था आउनका लागि त्योभन्दा अघि अवस्था एकदमै बेथितिको हुनुपर्छ।
पुनः मतगणना र सन् २००० को निर्वाचनको उदाहरण
कतिपय स्थानमा दुई उम्मेदवारबीच प्राप्त मतान्तर एकदमै थोरै रहेको पाइएमा स्वतः नै पुनः मतगणनाको प्रावधान सक्रिय हुन्छ।
सन् २००० को राष्ट्रपतीय निर्वाचनमा जोर्ज डब्ल्यू बुश र एल गोरका सम्बन्धमा फ्लोरिडामा भएको मतगणनाका समयमा यस्तै भएको थियो।
हालसम्म सन् २००० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमात्रै सर्वोच्च अदालतको फैसलाबाट अन्तिम परिणाम घोषित भएको निर्वाचन हो।
त्यसबेला डेमोक्र्याट एल गोर र रिपब्लिकन जोर्ज डब्ल्यू बुशबीच निकै चर्को प्रतिस्पर्धा थियो।
मतदानको दिनमा एल गोरले प्रत्यक्ष मतदानमा खसेका सबैभन्दा बढी मत प्राप्त गरेका थिए तर इलेक्टरल कलेज मतमा भने प्रतिस्पर्धा निकै नजिकको थियो। सबै कुरा फ्लोरिडामा हुने मतदात र त्यहाँको २५ इलेक्टरल कलेज मतमा निर्भर थियो।
त्यहाँको पुनः मतगणना भयो र त्यसलाई सर्वोच्च अदालतमा कानुनी चुनौती दिइयो।
मुद्दा परेको हप्तौँपछि सर्वोच्च अदालतले न्यायाधीशहरूको बहुमतको आधारमा फैसला सुनायो रिपब्लिकन उम्मेदवार जोर्ज बुशको पक्षमा।
सर्वोच्च अदालतको फैसला पार्टी लाइन अनुसार भएको न्यायाधीश नियुक्ति अनुसार नै ५-४ को अन्तरले रिपब्लिकन उम्मेदवारको पक्षमा आएको थियो। डेमोक्र्याट एल गोरले पराजय स्वीकारे र बुश ह्वाइट हाउसमा सरे।
अन्तिम समयरेखा
परिस्थिति जस्तोसुकै भएपनि ज्यानुअरी महिनाको २० तारिखका दिनमा देशमा नयाँ राष्ट्रपतीय कार्यकाल आरम्भ हुनैपर्ने अमेरिकी संवैधानिक प्रावधान छ।
बाइपार्टीजन पोलिसि रिसर्च सेन्टर नामक संस्थाको निर्वाचन परियोजनाका निर्देशक म्याथ्यू वील भन्छन्, “ज्यानुअरी २० को मध्यान्हमा कसै न कसैले राष्ट्रपति पदको शपथग्रहण गर्नै पर्छ।”
“स्पष्ट निर्वाचन परिणाम हासिल नभएको अवस्थामा उत्तराधिकारसम्बन्धी कानुनअनुसार अघि बढ्नु पर्छ।”
वीलका अनुसार परिस्थिति यस्तो पनि हुन सक्छ कि भावी राष्ट्रपतिको बारेमा निर्णय गर्दा त्यस्तो प्रक्रिया अघि बढाउने संसद्‌को तल्लो सदन पनि अनिर्णित हुन सक्छ।
तर माथिल्लो सदन सिनेटले उपराष्ट्रपतिको चयनलाई अनुमोदन गर्न सक्छ।
र शपथग्रहणको दिनसम्म पनि राष्ट्रपतिको टुङ्गो लगाउन नसकिए सिनेटले अनुमोदन गरेको उपराष्ट्रपति नै नयाँ राष्ट्रपति बन्छन्।
उपराष्ट्रपति पनि चयन भएका छैनन् भने त्यस्तो अवस्थामा अमेरिकी संसद्को तल्लो सदनको सभामुखलाई राष्ट्रपति बनाइन्छ।
courtesy : bbc nepali
सम्बन्धित पोस्ट
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बुद्ध जयन्ती र काठमाडौँ-लुम्बिनी शान्ति साइकल र्‍याली: समृद्ध यात्राको एउटा पाटो

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑