• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन


सुभाय् संवाददाताOctober 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६९ मिनेट
राजेन मानन्धर

राजेन मानन्धर

शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेकाे छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मानाउनु कुनै अाश्चर्यकाे कुरा होइन । एकै समयमा विभिन्न समुदायका मानिसहरु अाफ्नो अाफ्नो तरिकाले अलग अलग चाड पर्व मानउँछन् खुशी बाँड्छन् । सबैलाई अाफ्नो चाड अरुले पनि मनाएकाे जस्तो लाग्छ । यसमा कतै दम्भ होला, कतै सत्ताको अाडमा गरिने जवर्जस्ती पनि हुनसक्छ ।
हरेक वर्ष र सत्ता कब्जा गरेर बसेको समुदायले जुन जुन चाडपर्व मान्छन्, ती सबै जनताले मान्नु अनिवार्य छैन रहेछ । यही ज्ञान पाएपछि नेपालका धेरै आदिवासी जनजातिले यो दशैं हाम्रो होइन भन्न थालेका छन् । नेवारहरुले पनि यो हाम्रो होइन भन्न सिकेका छन् । कोही भन्छन् — ‘दशैंमा भोज गर्नुपर्छ, पूजा गर्नुपर्छ, टीका लगाउनु पर्छ अनि दशैं मानेको भएन ?’ तर हामीले अलिअलि मिठो चोखो खाएर, धर्मकर्म गरेर मोहनि मनाएको देखेर ‘नेवारहरुले नि हाम्रो चाड मनाउँछन्’ भन्नेहरुलाई केही कुरा स्पष्ट पार्नुपर्ने लागेरै कलम चलाउन खोजेको छु ।
अरु समुदायका कुरा त अहिले भन्दिनँ, तर हामी नेवारहरु भने यसै दिनमा चाड मनाउँछौं । यस्ता चाड त हाम्रो महिनैपिच्छे आउँछन् । सबै चाड आफ्नै आफ्नै किसिमले महत्वपूर्ण छ — मासु खाने चाड नि चाड हो, मकै–भटमास भुटेर खाने चाड पनि चाड नै हो हाम्रो । समय, मौसम, धर्मअनुसार चाडपर्व मनाउने त हाम्रो चलनै हो । जुन दिनमा नेपालमा बाहुन छेत्रीहरुले दशैं भनेर मनाउँछन् त्यो दिन आउने हाम्रो चाड मोहनि पनि चाड मात्र हो हाम्रो लागि, न कम, न ज्यादा । त्यसैले हामीहरु आफ्नो चाडपर्वबारे बढ्ता गफसफ हाँक्दैनौं, पत्रपत्रिकाले पनि त्यस्तो धेरै लेख्दैनन् ।
पहिलो वैदिक वा शाक्त धर्ममा आस्था भएका नेवारहरुले कुनै देवीलाई पूजा गर्ने होइन, न त कुनै असुर मारिएको खुशियाली नै मनाइने हो । हामी त आफ्नो पेसा–कर्मअनुसारको औजारको पूजा गर्छौं । जस्तो कृषकले कुटो कोदालोको, व्यापारीले ढक तराजुको, सिकर्मी डकर्मीले त्यसै अनुसारका ज्यावलको । आजभोलि कर्मचारीहरु कापीकलम पुज्छन् । घरमा हतियार राखेर पनि शत्रुलाई मार्नु हुँदैन भन्नेहरु घरमा भएका हतियार पनि पुज्छन् । हामीलाई कुनै भगवतीले कुनै असुर भनिएको प्राणीलाई मारेको भन्नेमा विश्वास छैन, बरु आफ्नो कर्ममा विश्वास छ ।
हाम्रो चाड पनि तीन दिन हुन्छ तर त्यो एकदम फरक हुन्छ । त्यसलाई क्रमशः हामी कूछि भ्वय्, स्याक्वत्याक्व र चालं भन्छौं, जुन मिडियामा प्रचार गरिने हिन्दुहरुको महान् चाडको विशेषतासँग मेल खाँदैनन् । हामीले पनि आराधना त शक्तिकै गर्ने हो, तर कुनै असुर मर‍्दिनी स्त्री–शक्तिलाई होइन, आफ्नो कर्मशक्तिलाई आराधना गर्ने हो । हामीले पूजा गर्ने भनेको आफ्नो बासस्थान वा देशलाई चारैतिरबाट रक्षा गरीरख्ने पीठहरु हुन्, जसका गैरसंस्कृत नामहरुलाई आजभोलि धमाधम संस्कृतकरण गरिँदैछ । फलाना भनेको फलना देवी हुन् भनेर हामीलाई नै सिकाउन थालिएको छ । हामीले पुज्ने मातृदेवी वा अजिमा (हजुरआमा)को विकास कालान्तरमा तलेजु वा कुमारीको रुपमा हुन गयो होला । तर रेडियो नेपालले भजन बजाउने शैलपुत्री कालरात्री आदिजस्ता देवीहरु हामी पुज्दैनौं । बरु पछि गएर शाक्तधर्मको प्रभाव बढ्दै गएपछि आफूले पुज्ने मातृदेवीहरुलाई हिन्दु देउताहरुका स्त्रीका रुपमा देख्न थालियो, जस्तै कुमारको कौमारी, विष्णुको वैष्णवी, इत्यादि ।
हामी पहिलो दिन घरपरिवार बसेर भोज खान्छौं, जुन हाम्रो मोहनिको सबैभन्दा महत्वपूर्ण दिन हो । पशुबलिमा विश्वास गर्नेहरु पनि यसदिन पशुबलि दिँदैनन् । यसदिनलाई हामी कूछिभ्वय् भन्छौं । दोश्रो दिन अदुवा र ऊखु समेत राखेर घरको औजार इत्यादिको पूजा गर्छौं अनि मोहनि सिन्हः (कालो टीका) बनाउँछौं । यो दिन पशुबलि दिनेहरुले बलि दिएर त्यसलाई पूजा गर्छौं । यो एकदिनमात्र नेवारहरुले खास गरी पूजा गर्ने दिन हो । तेश्रो दिन पूजा गरेर शक्ति पुनर्जीवित गरेको औजार थापेर वर्षभरि सच्चा र इमानदार भएर जीविकोपार्जन गर्ने प्रण गर्छौं अनि कालो टीका थापेर असत्यलाई आफूमाथि हावी हुन नदिन आफ्ना औजारसँग शक्ति माग्छौं । साँच्चै भन्नु पर्दा जुन दिन छेत्री–बाहुनहरुले टीका भनेर संसारमा कतै नभएको जात्राजस्तो गरी महत्व दिन्छन् त्यो दिन नेवारहरुको केही खास हुँदैन । बिहान एकसरो टीका लगाइदिएपछि चाड सकिन्छ । त्यो दिन भनेको हाम्रो लागि सामान्य दिनजस्तै हुन्छ ।
हाम्रो चाडको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मोहनि सिन्हः (कालो टीका) हो जसको नामबाटै हामी यो चाडलाई मोहनि भन्छौं । पूजा सकिएपछि एकपल्ट घरमुलीले सबै सदस्यलाई यो टीका (र यसलाई छोप्न वा यसले नपुगेर रातो चामलको टीका पनि) लगाइदिएपछि त्यसको काम सकिन्छ । त्यो पनि आफ्नो परिवारजनलाई बाहेक अरुलाई लगाइदिँदैनौ । त्यसैले हामीलाई राजा वा हाकिमकहाँ गएर टीका थाप्न जानु मञ्जुर नभएको मात्र होइन वर्जित नै छ । आफन्तहरुबीच पनि हामी नबोलाएकाहरुको घरमा टीका माग्दैनौं ।
पछि हाम्रो समाजमा पनि हिन्दु राज्य, धर्म र संस्कृतिको दबदबा बढेपछि र राजाहरुले जे जे गरे, त्यही त्यही गर्दा जागिर खान पाइन्छ भनेर पूजामा हिन्दुत्वको प्रभाव ल्याउने काम गरियो । यो ऐतिहासिक तथ्य कसैबाट छिपेको छैन, जसको कुरा गरी साध्य पनि छैन । यसको पृष्ठभूमिमा हामीभित्र जन्मिएको हीनभावले काम गरेको पनि हुनसक्छ । हामी ‘म केही गर्न सक्दिनँ’ भन्ने हीनभावले ग्रसित भइयो भने ठूलो रुखको ओत खोज्नपुग्छौँ । यही हीनताले ग्रस्त भएर, आफूमात्र होइन आफ्ना समुदायलाई नै शक्तिसामु घोप्टिन लगाउनेहरु त सबै समुदायमा पाइन्छ, विशेष गरी हाम्रोजस्तो सामन्ती समाजमा । यसको बारेमा धेरै बोल्नु छैन मलाई ।
हाम्रो मोहनिमा महिषासुरलाई दुर्गाले मारेको वा रावणलाई रामले मारेको मिथकका कुरा कहीँ आउँदैन । तर पनि अर्काको देखासिकी गरेरै मोहनिमा वैदिक वा हिन्दु भनिएको धर्मको प्रभाव ल्याउनेहरुले पनि नवौं दिनलाई पशुबलि दिने दिनको रुपमा रोजेका हुन्छन् । बलि भनेको पहिला त तान्त्रिक पूजा मात्र हुने गथ्र्यो । कुनै पशुको गर्धन छिनालेर देउता खुशी पार्न नेवारहरुले पछि मात्र सिकेका हुन्, यो भनिराख्नुपर्ने कुरा भएन । यसमा एकातिर कोही वैदिक टपअप गर्न चाहन्छन् कोही तान्त्रिक डेकोरेशन गर्न चाहन्छन् । त्यो भनेको सबै स्वेच्छाले गरिएका वा राज्यले गराइएका परिमार्जन मात्र हुन् । राज्यको दबाब र त्रासमा यस्ता परिमार्जन गरिए पनि नेवारहरुले मनाउने मोहनिको मौलिकतामा आँच आएको छैन ।
दुःखको कुरा भनौं कि सुखको कुरा, सत्तासीन हुन नसके पनि नेवारहरु शासकहरुबाट कहिल्यै टाढा र स्वतन्त्र हुन पाएनन् । जहिले पनि शासकहरुलाई रिझाइरहनुपर्ने, खुकुरीको धारमा बाँच्नुपर्ने । त्यसैले मन पराएर होस् वा मन नपराएर पनि शासकहरुले जे जे गर्छन् त्यही त्यही गर्ने वा शासकहरुलाई जे मन पर्छ त्यो गरिदिने उनीहरुको नियति नै भएको छ । मोहनिको ‘दशैंकरण’ पनि यसैको एक नमुना हो ।
मोहनि दशैं होइन र नेवारहरुले मनाउने दशैं होइन, मोहनि हो । कोही कुनै चाड मानेर ठुलो हुने पनि होइन, नमानेर सानो हुने पनि होइन । जसले जुन आस्थाले जे मान्दै आएको हो, त्यो मान्नु राम्रो हो । किनभने त्यसमा उक्त समुदायका पुर्खाले सिकाएर गएका जीवनदर्शन लुकेको हुन्छ । जहाँ जस्तो फरक छ, त्यहाँ त्यस्तै फरक हुनु उचित छ । जे होइन, त्यसलाई हो भनेको सुन्दा पक्कै राम्रो लाग्दैन । अाजभोलि स‌ंचार माध्यमले दशैं भनेको सबै नेपालीहरुले मान्नैं पर्ने चाडको रुपमा पेश गर्दा कहिल्यै दशैं नमान्नेहरु अलमलिने र ठुलाले गरेको जस्तो गरेर मख्ख पर्ने चलन नेवारहरुमा अाएको हामीबाट छिपेकाे छैन । त्यसैले त अहिले एकदुइ जना उपबुज्रुकहरु मोहनि र दशैं एउटै हो विभाजनको कुरा नगरौं भन्छन् । तर उनीहरुको मोहनी बाहुन क्षेत्रीले पनि मनाइदिएकाे छ भनेर भने भन्न पाउँदैनन् । जे होस् अहिले सबैले बिस्तारै बुझ्न थालेका छन् साेही दिनमा परेपनि नेवारहरुले मान्ने चाडकाे बेग्लै महत्व, अर्थ र रीतिरिवाज छ ।
अझ यसमा छुटाउन नहुने कुरा के पनि छ भने काठमाडौं उपत्यकाका नेवार बौद्धहरुले पनि यसदिनमा अाफ्ना घरमा प्रतिस्थापित बौद्ध वज्रयानी देवमूर्तिहरुकाे विशेषरुपमा पूजा गर्छन् । अब यसलाई त दशैंसँग जोडेर हेर्न मिल्दैन नि । दिन पो एउटै हो चाड त अलग अलग हुन् , फरक फरक धार्मिक दर्शनबाट निर्देशित हुन्छन् । यो उनीहरुकाे मोहनि हो तर दशैं कदापि होइन ।
त्यसबाहेक बौद्धहरु यस दिनमा भारतका सम्राट अशोकले हिंसा त्यागेर बुद्ध धर्म अँगालेको र विश्वभर बुद्ध धर्म प्रचार गर्छु भनेर प्रण गरेकोले यसलाई शस्त्रअस्त्र त्याग दिवस भनेर मान्छन् । यसलाई पनि दशैं भन्ने र ? अझ बौद्धहरु त यस दिन त्यहाँ जुन दशवटा टाउको भएकाे रावणको दहन गरिन्छ त्यो नै हिन्दुहरुले दश जना बौद्ध राजाहरुकाे युगको अन्त्य भएको घोषणा गरी त्यसकाे विजयउल्लास मनाएकाे भनेर विश्वास गर्छन् । अब यसलाई के भन्ने ?
यसो भन्यो भन्दैमा फेरि यहाँ दशैं मान्नेहरुलाई दशैंको विरोध गर्यो भन्ने अनर्थ पनि नलागोस् । जसले जे मान्दै आएको छ त्यो मात्रै उसको हो । अब सबैलाई आआफ्नो संस्कार र प्रचलनअनुसार धर्म निर्वाह गर्ने वा कुनै पनि धर्म पनि अवलम्बन नगर्ने अधिकार छ । यसैमा बहुराष्ट्रिय देशका जनताको सहअस्तित्वको आनन्द पनि छ ।
सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑