Maharjan Ratna
कवि तीर्थ श्रेष्ठका नयाँ शब्दचित्र
Maharjan Ratna
•आफैसंग बात मार्न पनि बेफूर्सद छन मान्छेहरु शहरमा आफैलाइ चिमोटेर जीउँदो छु भन्छन मान्छेहरु शहरमा •अक्सिजनको पसल खोलेर पनि व्यापार चल्नेछ जीवनको संवेदनाको पुरानो कथा सुनेर बाँच्नेछन मान्छेहरु शहरमा •साधनको खोजीमा साधना हरायो हलक्क पाप मौलायो भोलि रोबोटसंग जोक सुनेर हाँस्नेछ्न मान्छेहरु शहरमा •मान्छेले बनाएका मान्छेकै अनुहारका देवताहरु हराउनेछ्न अब भयानकका यन्त्रहरुको पूजा गर्नेछन मान्छेहरु शहरमा •सुदूर कतै गाउँमा जब मान्छे हराएकोमा शोकधून बज्नेछ आँसु किनेर आफ्नो आँखा सजाउनेछन मान्छेहरु शहरमा (वरिष्ठ कवि तीर्थ श्रेष्ठ , नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्व सदस्य सचिव हुनुहुन्छ । उहाँ पोखरेली कवि मात्र





