• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

मातृभाषी चलचित्रहरुमा राज्यको लगानी आवश्यक


सुभाय् संवाददाताMay 20, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

पोखरा/राज्यले उचित वातावरण नबनाउँदा नेपाली मातृभाषी चलचित्रहरुले सफलता पाउन नसकेको एक कार्यक्रममा सहभागीले बताएका छन् । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवशको अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार आयोजना गरेको मातृभाषी चलचित्रको महत्व, सम्भावना र चुनौती विषयक अन्तरसंवादमा सहभागी सम्बन्धित विज्ञले यस्तो बताएका हुन् ।

अन्तरसम्बादमा बोल्दै गुरुङ भाषाका चलचित्र निर्देशक कृष्ण कुमार गुरुङले राज्यले मातृभाषी चलचित्र निर्माण र सञ्चालनको वातावरण नै नबनाएको बताए । बनेका चलचित्रहरुलाई पनि हलसम्म पुग्ने वातावरण नभएको उनले जानकारी दिए । आदिवासी जनजाती र मातृभाषाको मर्मचलाई राज्य नबुझ्दासम्म मातृभाषी चलचित्र फष्टाउन नसक्ने उनको प्रष्टोक्ति छ ।

आदिवासी जनजातीहरुको ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र पहिचानको तथ्यलाई बुझ्ने र त्यसको संरक्षणमा राज्य लाग्ने नीति लिनेहो भने मातृभाषी चलचित्रले फड्को मार्ने उनले बताए । ‘१० हजार पर्ने हलमा हामीले मातृभाषी चलचित्र प्रदर्शन गर्न ४० हजार खर्चनुपर्छ । चलिचित्र विकास बोर्डले हाम्रो संस्कृति र परम्परा नबुझ्दा यो काट र त्यो काट भन्छ ।’ उनले भने, ‘राज्यले नै मातृभाषी चलचित्रको महत्व नबुझेसम्म हामीले समस्या झेलिरहनु पर्छ ।’

मगर भाषाका चलचित्र निर्देशक मेजन पुन मगरले आफुले निर्माण र निर्देशन गरेको ‘गन्तव्य महभीर’को अनुभव सुनाउँदै स्थानीय वासिन्दालाई समेत चलचित्रको बारेमा जानकारी दिन जरुरी रहेको धारणा राखे । आफ्ना कथा र जीवन शैली चलचित्रमा समेटिँदा स्थानीयले अपनत्व लिएको आफूले पाएको उनले सुनाए । राज्यले हलसम्म पुग्ने उपयुक्त वातावरण नबनाइदिँदा आफूहरु च्यारिटी सो र पार्टी प्यालेसहरुमा चलचित्र प्रदर्शन गरेर चित्त बुझाउनुपर्ने अवस्थामा रहेको उनको भनाई थियो ।

गुरुङ भाषाकै चलचित्र निर्देशक जशु गुरुङले महिलाले चलचित्र निर्देशन गर्दाका समस्याका बारेमा जानकारी दिइन् । उनले गण्डकीमा गुरुङ भाषाका चलचित्र धेरै निर्माण हुनेगरेको चर्चा गर्दै गुरुङ भाषामा निर्माण हुने चलचित्रले महिला शक्तिशाली रुपमा प्रस्तुत हुने धारणा राखिन् ।

गुरुङ समुदायमा घरको तालाचावी महिलाले सम्हाल्ने हुँदा महिला नै चलचित्रमा शक्तिशाली पात्रको रुपमा खडा हुने उनको भनाई थियो । यद्यपी हलिउड, बलिउड र कलिउडमा महिलाको पीडालाई नै धेरै देखाइने गरेको र त्यसबाट बाट प्रभावित भएका मातृभाषाका चलचित्रमा भने समस्या रहेको उनले औल्याइन् ।

पोखरा ४ गैहपाटनमा रहेको पोखरा थियटरमा भएको अन्तरसम्बादको सहजिकरण सञ्चारकर्मी शंकर तिवारीले गरेका थिए भने मातृभाषामा चलचित्र निर्माण गर्ने निर्माता, निर्देशक र सञ्चारकर्मीहरुको उक्त कार्यक्रममा सहभागिता थियो ।

मातृभाषी चलचित्रले पैसा कमाउने होइन भाष र संस्कृतिको संरक्षण गर्ने हो : मनकुमार श्रेष्ठ

अन्तरसंवाद कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले मातृभाषी चलचित्र नाफा कमाउन तर्फ लाग्न नहुने बताए । उनले मातृभाषाको चलचित्रका निर्माता र निर्देशकलाई खोज अनुसन्धानमा लाग्न र त्यस अनुरुपको यथार्थता पस्कन आग्रह गरे ।

मातृभाषी चलचित्रले आदीवासी जनजाती र स्थानीय भाषा संस्कृतिका साथै त्यसको ऐतिहासिक पक्षलाई उजागर गर्ने हुँदा चलिचित्र निर्माणमा लाग्ने खर्च राज्यले बेहोर्नुपर्ने धारणा राखे । ‘मातृभाषी चलचित्रले नाफा कमाउने होइन् । मातृभाषीहरुको भाषा संस्कृति र ऐतिहासिक पक्षलाई उजागर गर्ने हो । मेरो आग्रह यसका लेखक र निर्देशकहरुले खोज अनुसन्धान र त्यसलाई जिवन्त उतार्न तर्फ लाग्नुपर्छ । लगानी राज्यले गर्नुपर्छ’ उनले भने ।

सदस्य सचिव श्रेष्ठले चलचित्र विकास बोर्ड आफै संस्कृति मन्त्रालय अन्र्तगत रहनुपर्नेमा सञ्चार मन्त्रालय अन्र्तगत रहनुले पनि समस्या रहेको उनले सुनाए । गण्डकी प्रदेशमा पनि चलचित्र विकास बोर्ड निर्माणको तयारी रहेको भन्दै उनले यदि चलचित्र विकास बोर्ड गठनमा ढिलाई भए गण्डकी प्रज्ञा प्रतिष्ठानले नै मातृभाषाको चलचित्र महोत्सव गर्ने आस्वासन दिए ।

उनले अहिले स्थापित जाती र विस्थापित भाषाको अवस्था रहेको भन्दै भाषा, बाजा र साहित्य जोगाउन प्रतिष्ठान लागिपरेको धारणा राखे । (सिटी वान टेलिभिजन )

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑