Maharjan Ratna
मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व
Maharjan Ratna
– रञ्जना श्रेष्ठ कुनै–कुनै भेट योजनाअनुसार हुँदैन, तर त्यसले जीवनभर सम्झनलायक छाप छोडेर जान्छ। मेरो लागि राजा शाक्यसँगको पहिलो भेट पनि त्यस्तै थियो। त्यो दिन म कुनै राजनीतिक भेटघाटका लागि होइन, आफ्नै एउटा व्यक्तिगत कामको सिलसिलामा सिंहदरबार पुगेको थिएँ। कसैले सुझाव दिएका थिए, “ऊर्जा मन्त्रालयमा राजा शाक्य हुनुहुन्छ। उहाँलाई भेट्नुस्, तपाईंको कामको सही मार्गदर्शन पाउन सक्नुहुन्छ।” त्यही विश्वास बोकेर मैले सिंहदरबारको प्रवेश अनुमति लिएँ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवालयतर्फ लागेँ। सचिवालयको ढोका खोलेर भित्र पस्दा मैले एउटा फरक दृश्य देखें। कसैले फाइल लिएर व्याख्या गरिरहेको थियो। अर्को सेवाग्राही





