• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी


सुभाय् संवाददाताDecember 9, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी करिब ५ देखि ६ हजारको सहभागिता हुनेगरी भृकुटीमण्डप परिसर तयारी अवस्थामा रहेको काठमाडौंको सभापतिसमेत रहनुभएका मञ्च व्यवस्थापन समितिका संयोजक सबुज बाँनियाले जानकारी दिनुभयो । बाँनियाको संयोजकत्वमा रहेको समितिमा ललितपुर र भक्तपुर जिल्ला सभापतिको पनि सहभागिता रहेकाे छ ।

कोरोना जस्तै संक्रामक रोगलाई मध्यनजर गर्दै एकैस्थलमा भीड हुन नदिन र सामाजिक दूरी कायम गरी महाधिवेशनस्थलमा सहभागी हुन प्रदर्शनीमार्गस्थित सडकमा दायाँ र बायाँ र अन्य स्थानमा पनि डिजिटल स्क्रिन राखिएको उहाँको बताउनुभयो । महाधिवेशनमा लाखाैँकाे सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ । यसबाहेक महाधिवेशनस्थलमा हेल्थ डेस्क, मास्क, स्यानिटाइजर, स्वास्थ्यकर्मी तैनाथ अवस्थामा रहनुहुने जनाइएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ । सो समयमा प्रदर्शनीमार्गमा अन्य सवारी साधानको आवातजावत बन्द हुने छ । महाधिवेशनको मञ्च निर्माणलगायत सम्पूर्ण लागतको विषयमा काँग्रेस केन्द्रीय कार्यालयले तय गरेको बाँनियाकाे भनाइ छ ।

यससहित राष्ट्रियसभा गृह, भृकुटीमण्डप र बन्दसत्र हुने स्थलमा मतदानस्थल रहने जनाइएको छ । महाधिवेशनमा ठूलो संख्यामा जनसहभागिता रहने हुँदा सबैलाई सहज हुने दृष्टिकोणबाट काठमाडौंको भृकुटीमण्डप रोजिएको उहाँ बताउनुहुन्छ । काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको झण्डा, ब्यानर र स्वागतद्वारले काठमाडौंको भृकुटीमण्डप परिसर सजिएको छ । काँग्रेस महाधिवेशनको आर्थिक सम्बन्धमा भने सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको छ ।(couretesy :gorakhapatra)

सम्बन्धित पोस्ट
  • उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • सरल गुरुङलाई अष्ट्रेलियामा सक्रिय पत्रकारिता पुरस्कार
  • कात्तिकेमा स्कुल बस दुर्घटना तीनजनाको मृत्यु, ४० घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑