• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता


सुभाय् संवाददाता September 6, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा निरन्तर स्थलगत अनुगमन, निरीक्षण तथा आवश्यक समन्वयमा सक्रिय रहँदै आएका छन्। विशेषगरी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, विद्युत् संरचना तथा प्रभावित बस्तीको अवस्था बुझ्न मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमण गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिँदै आएका छन्।

बाढीपछिको वास्तविक अवस्था बुझ्न प्रभावित क्षेत्रमा पुग्दै आएका मन्त्री श्रेष्ठले क्षतिग्रस्त जलविद्युत् आयोजना तथा ऊर्जा संरचनाको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन जोड दिएका छन्।

विनाशकारी बाढीबाट प्रभावित त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजनासँग सम्बन्धित क्षेत्रमा उनले क्षतिको अवस्था, कर्मचारीको सुरक्षा तथा विद्युत् संरचनामा पुगेको असरबारे जानकारी लिँदै आएका छन्।

मन्त्री श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई अगाडि बढाइरहेको बताएका छन्। प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार, राहत वितरण तथा क्षतिग्रस्त भौतिक र जलविद्युत् संरचनाको पुनःस्थापनाका लागि राज्यका सम्बन्धित निकायहरू समन्वयात्मक रूपमा परिचालित रहेको उनको भनाइ छ।

यसैक्रममा मन्त्री श्रेष्ठ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी तथा उद्धार गरिएका नागरिकसँग भेट गरेका छन्।

उनले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग समेत भेट गरी उनीहरूलाई हौसला प्रदान गरेका थिए।

त्यसैगरी, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिक तथा स्याफ्रु क्षेत्रबाट उद्धार गरिएकी एक किशोरीसँग पनि मन्त्री श्रेष्ठले भेट गरेका छन्।

भेटका क्रममा घाइतेहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी प्राप्त भएको मन्त्री श्रेष्ठले बताएका छन्। बाढीको पानी र लेदोका कारण भएका घाउहरू क्रमशः निको हुँदै गएको तथा शारीरिक चोटपटकमा समेत सुधार भइरहेको उनको भनाइ छ।

यद्यपि, यस्तो प्रकृतिको ठूलो विपद्पछि शारीरिक उपचारसँगै प्रभावित व्यक्तिको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको मन्त्री श्रेष्ठले औँल्याएका छन्।

बाढी प्रभावित क्षेत्रमा निरन्तर अनुगमन गर्दै आएका मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई उद्धार कार्यलाई प्रभावकारी बनाउन, प्रभावित नागरिकसम्म राहत पुर्‍याउन तथा क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक निर्देशन दिँदै आएका छन्।

उनले घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, उद्धार कार्यमा सक्रिय सुरक्षाकर्मी, प्राविधिक तथा उद्धारकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विपद्को यो कठिन घडीमा प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र जिम्मेवारीपूर्वक परिचालित रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रभावित परिवारसँग सरकार साथमै रहेको विश्वास व्यक्त गरेका छन्।

“विपद्को घडीमा सरकार प्रभावित नागरिकको साथमा छ र राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सबै सम्बन्धित निकाय परिचालित छन्,” मन्त्री श्रेष्ठको भनाइ छ।

सम्बन्धित पोस्ट
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑