स्वयम्भूको वास्तविक नाम साम्हयां गुं अर्थात् गाइको शरीरको आकारको देखिने डाँडा हो । पछि यहि “साम्हयां गुं” अप्रभंस भएर “स्यंगुं” भएको देखिन्छ ।
पुराना बुढापाकाहरु अझै पनि स्यंगुं नैं भन्छन् । स्वयम्भू त पछि भनिन थालियो ।
हुन त स्वयम्भुलाई विभिन्न कालमा विभिन्न नामले पुकारिने गरेको ग्रन्थहरुमा उल्लेख छ ।
स्वयम्भूमा रहेको १६ सय वर्ष पुरानो बुद्धाचार्यहरुको चुडाकर्म गर्ने विहारलाई “साम्हयां गुं धर्मधातु विहार” भनेर उल्लेख गरिएको शिलालेख र ग्रन्थहरु उल्लेखनीय छ्न्!
यसबाट पनि यस सम्पदा क्षेत्रको वास्तविक नाम पुष्टि गर्दछ ।
अन्वेषक भुवनलाल प्रधानले पनि उनको स्वयम्भू नामक पुस्तकमा यस तथ्यलाई उल्लेख गरेका छन् भने अर्का अन्वेषक हेमराज शाक्यवंशले आफ्नो ८०० पेजभन्दा लामो स्वयम्भू महाचैत्य ग्रन्थमा यो तथ्य उल्लेख गरेका छन् । साम्हयांगुं स्यंंगु , स्वयम्ब्भू पुराण च्वयेन्ह्यया नांं नं ख: ! फोटो : महर्जन रत्न(जामाच्वबाट देखिएको स्यंगुं स्वयम्भू डाँडा)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५