बिन्दुकुमार चौहान
लुम्बिनी / मानिसको चित्त बिग्रिएपछि के मात्र गर्न पछी पर्दैन भन्ने एउटा ज्वलन्त उदाहरण बनेको छ भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनी उद्यान नजिकको मायादेवी गाउँ पालिकाको एक घट्नाले देखाउँछ । एक ३५ वर्षीय युबाले एक ४० वर्षीय सुस्तमनस्थितिका मानिससँगको जवर्जस्ती अप्राकृतिक करणीको घट्ना।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार जिल्लाको पश्चिमी क्षेत्र मायादेबी गाँउपालिका वडा नं.१ स्थित ४० बर्षीय सुस्तमनस्थितीका पुरुष माथि यौन उन्मादमा परि सोही ठाँउ बस्ने ३५ बर्षीय ध्रुव कहाँरले एकान्तको मौका छोपी बलात्कार गरेका आरोपमा गरिएको छ । पीडितको किटानी जाहेरी दरखास्त, घटना स्थलको सत्यतथ्य सार्बजनिक मुचुल्का तथा स्वास्थ्य परीक्षण प्रमाणको आधारमा आरोपित कहाँर घरभित्र लुकेर बसीरहेको अवस्थामा घेराहाली पक्राउ पश्चात आईतवार रुपन्देही जिल्ला प्रशासन कार्यालयमा सार्बजनिक स्थलमा अप्राकृतिक करणी मुद्दा समेत दर्ता गराउन सफल भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी गराए ।
रुपन्देहीमा पुरुषद्वारा पुरुषमाथि बलात्कारको घटनाले त्यस क्षेत्रमा सनसनी फैलिएको स्थानीयले बताएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५