• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी कान्छाभाइ ज्यापुको “निस्त्यनाथ” गीत संग्रह विमोचित


सुभाय् संवाददाताDecember 19, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौं /लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी कान्छाभाइ ज्यापुको “निस्त्यनाथ” गीत संग्रह विमोचन गरिएको छ । उनको देहावसान भएको छैठौं महिनाको पूण्यतिथिमा एक कार्यक्रमका बीच काठमाडौंको राष्ट्रिय सभा गृहमा लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धर ,वरिष्ठ साहित्यकार फणीन्द्ररत्न बज्राचार्य ,नेकपा(एमाले ) नेत्री अष्टलक्ष्मी शाक्य, ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ ,प्रसिद्ध गायिका रमना श्रेष्ठ ,वरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जन लगायतले उक्त गीति संग्रहको विमोचन गरेका थिए ।
कार्यक्रम विज्यापु त्वा: खल:का प्रमुख तुतुभाइ महर्जनको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कान्छाभाइ महर्जनका जेठा छोरा पूर्णकाजी ज्यापुको लेखनमा रहेको कान्छाभाइ ज्यापुको जीवनीको शोकगीत भजनथली प्रस्तुत गरिएको थियो भने विभिन्न कलाकारहरुले कान्छाभाइ ज्यापुद्वारा रचित भजन तथा गीतहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा काठमाडौंको स्वयम्भू ज्ञानमाला भजन खल: , नगां ज्ञानमाला भजन खल: लगायत विभिन्न भजन खल:हरुले पनि दिवंगत कान्छाभाइ ज्यापुको स्मरणमा उनीद्वारा रचित भजनहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले बालसखा कान्छाभाई महर्जनसँग शान्ति शिक्षा मन्दिर थँहितिमा सँगै स्कुल जीवन बिताएको स्मरण गर्दै उनी एक सच्चा संस्कृतिकर्मी रहेको बताए ।

लोककविराजभाइ जक:मिले कान्छाभाइ ज्यापुको जीवनीमा लेखेको कविता पाठ गरे भने लोकप्रिय हाँस्यकलाकार ख्यालिजुजु मदनकृष्ण श्रेष्ठले ब्रुद्धावस्थामा हुने पीडालाई गीतको माध्यममा व्यक्त गरे जुन निकै मर्मस्पर्शी रहेको थियो ।
कार्यक्रम बिज्यापु त्वा: खल:ले आयोजना गरेको थियो भने चमती नेवा: खल:ले मूल सहयोगीको भूमिका निभाएको थियो ।
कान्छाभाइ ज्यापू लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी थिए ।
उहाँ काठमाडौंको परम्परा दाफा गुरु दबू प्याखं (नाट्क)का लेखक कलाकार निर्देशक समेत हुनुहुन्थ्यो । उहाँले धेरै नेपाल भाषाका गीत लेखन र गायन गर्नुभएको छ ।
जीवनको अन्तिम समयसम्म पनि यसै कार्यमा आफ्नो लगाव देखाइरहेका उहाँको श्वास प्रस्वासका रोगका कारण दुखद निधन भएको थियो ।(फोटो :प्रवीण महर्जन )

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑