• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / सम्पदा/संस्कृति

न्यातपौ देयग:३२० वर्षमा प्रवेश,वार्षिक उत्सव बुसादँ मनाइयो !

सुभाय् संवाददाताJune 30, 2022 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

भक्तपुर / नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले मन्दिर) मन्दिरको उमेर आजवाट ३२० वर्ष पुगेको छ। मन्दिर निर्माण गरेको तीनसय बिस वर्ष पूरा भएको अवसरमा बिहिबार मन्दिरमा वर्ष बन्धन (बुसाँरा अर्थात बुसादँ) पूजासँगै झण्डोत्तोलन गरिएको छ। तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ। उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख छ।
बर्सेनि असार शुक्ल प्रतिपदाको दिन बुसाँरा मनाइँदै आइएको छ। यो भक्तपुरको तुछिमलाका अवालहरूद्धारा राख्ने गरिन्छ। तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवाल बुसाँराका लागि बर्सेनि २० जना अवालहरू पाँचतले मन्दिरमाथि जाने गरेको बताए। ‘ज्यान जोखिममा राखेर बर्सेनि २० जना बुसाँराका लागि जान्छन्,’ उनले भने, ‘यसका लागि मात्रै पनि हजारौं रुपैयाँ आवश्यक पर्छ।’ उनका अनुसार यो परम्परा चल्दा खटिएका स्थानीय बसेर भोज खानुपर्ने चलन छ। यसका लागि पनि खर्च लाग्ने उनले जनाए।
सयौं वर्षदेखि चल्दै आएको यो चलन आर्थिक अभावमा लोप हुने अवस्था आएपछि स्थानीय चिन्तित हुन थालेका छन्। स्थानीयका अनुसार वर्षमा एकपटक झण्डोत्तोलनका लागि सरकारले चार हजार रुपैयाँ मात्रै दिँदैै आएको छ। आर्थिक अभावमा गत वर्ष पनि झण्डोत्तलन गरिएको थियो तर, गजुरसम्म नपुगी पहिलो तलामै झण्डा राखिएको थियो । संस्कृतिविद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा बुसाँरा मनाइँदै आएको बताए। भक्तपुरको पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा स्थापना भएको उनी बताउँछन्। पाँचतले मन्दिरको छाना बनाउने काम सबै भक्तपुरको तुछिमलाका अवालहरूले बनाएको भन्ने धारणा छ। त्यसैकारण झन्डोत्तोलनको काम तुछिमलाका अवालहरूले गर्ने गरेको उनी सुनाउँछन्।
टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ठान्ने भैरवनाथलाई शान्त गर्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मीको स्थापना गरिएको भन्ने इतिहास छ। पाँचतले मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको उनी बताउँछन्।
ङातापोल मन्दिरमा ध्वजा फहराएपछि बोकाको बलि दिएर वर्षबन्धन पूजा गर्दा राज्यबाट विघ्न बाधा हट्ने जनविश्वास रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन्। ङातापोल मन्दिर भक्तपुर तलेजुकै एक भाग हो। तलेजुका मूल नाइकेको सिफारिसमा ङातापोलका पूजारी नियुक्ति हुने व्यवस्था रहेको छ।
Photography By : Abhiz_Capture & Amit Machamasi  साभार

सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑