• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / अन्तर्राष्ट्रिय

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

सुभाय् संवाददाताDecember 1, 2021 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : २५ मिनेट
काठमाडौँं, मङ्सिर १५ गते । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् ।
दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो ।
जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो तर सोमबार साँझदेखि लागू हुने गरी सबै प्रयोजनका लागि जापान जाने तयारीमा रहेकालाई रोक लगाइएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँका अनुसार जापान सरकारको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलिया सरकारले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नभएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “ओमिक्रोन भाइरसको सङ्क्रमण कम भयो भने खुल्छ होला । अन्यथा अनिश्चितकालसम्म पनि जान सक्छ ।”
 
निर्णय कार्यान्वयन नहुँदै फेरि अर्को निर्णय भए पनि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी समस्यामा परेको पाण्डेले बताउनुभयो । जापान सरकारले नोभेम्बर ८ तारिखमै बोर्डर खुला गरेकोले यसअघि तयारी गरेर बसेका भए पनि विद्यार्थी भने जान पाएका थिएनन् । जापान बन्द हुँदा करिब आठ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूले सम्बन्धित कलेजमा भर्नाका लागि अनुमति (कन्फरमेसन अफ इन्रोल्मेन्ट) समेत पाइसकेका छन् । विद्यार्थीहरू हवाईजहाजको टिकटसमेत किनेर जाने तयारीमा थिए ।
 
अस्ट्रेलियाका लागि भने यसअघि नै प्रवेशाज्ञा (भिसा) लिएर बसेका विद्यार्थी तीन हजार आठ सय रहेको इक्यानले जनाएको छ । उनीहरूले आफू पढ्न जाने कलेजमा शुल्कसमेत बुझाइसकेका छन् । कलेज जान नपाएका विद्यार्थीले डलरमा शुल्क तिरेर नेपालबाटै अनलाइन कक्षा लिइरहेका छन् । डिसेम्बरबाट खुल्ने भएपछि भने उनीहरू खुसी हुँदै सम्पूर्ण तयारी गरिरहेका थिए । डिसेम्बर २ तारिखका दिन सिड्नी उड्ने तयारी गरिरहनुभएकी शिला थपलियाले भन्नुभयो, “झन्डै दुई वर्षसम्म कुरेपछि अस्ट्रेलिया जाने सपना पूरा हुन लागेको थियो । बोर्डर नखुल्ने भन्ने अकस्मातको सूचनाले निकै निराश बनाएको छ ।”
courtesy :gorakhapatra
सम्बन्धित पोस्ट
  • जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो
  • लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन !
  • तालेबानहरु अगाडि आएपछि देश छोडी भागे अफगानिस्तानका राष्ट्रपति
  • हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प 
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑