• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

ओमिक्रोन प्रभावित अफ्रिकाबाट आएका ६ जना सरकारी अधिकारी विमानस्थलबाट प्रक्रिया नपुर्‍याई हिंडे!


सुभाय् संवाददाता November 30, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी)को कार्यक्रम सकेर अफ्रिकाकाे तान्जानियाबाट स्वदेश फर्केका ६ सरकारी अधिकारी विमानस्थलबाट भागेका छन् ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको कार्यक्रममा भाग लिन तान्जानिया पुगेका सहसचिवसहितका ६ सरकारी अधिकारीहरू विमानस्थलबाट पहुँच र प्रभाव देखाएर भागेका हुन् ।
हाल दक्षिण अफ्रिकामा देखिएकाे नयाँ प्राणघातक ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरिएन्टको उदयले फेरि एक पटक विश्वमा महामारी फैलिने सम्भावना उच्च छ । नयाँ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार अधिकारी नै सरकारी प्रोटोकल मिचेर भागेका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसियालगायत देशले आवतजावतमा प्रतिबन्ध नै लगाएका छन् । विश्वस्वास्थ्य संगठनले प्रभावित देशहरुबाट आवतजावत गर्नेलाइ हाेटल क्वारेन्टाइन अनिवार्य गर्न सबै देशलाई आग्रहसमेत गरेकाे छ । अमेरिकाको न्यूयोर्कमा त संकटकाल नै घोषणा गरिएको छ । तर, नेपालमा भने जिम्मेवार सरकारी अधिकारीले विश्व स्वास्थ्य संगठनको पछिल्लो निर्देशनलाई ठाडाे उलंघन गरेका छन् ।

होटल क्वारेन्टाइन बस्न नमानेर शक्तिको आडमा भाग्नेहरुमा टोलीको नेतृत्व गरेर गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मी, अर्का सहसचिव प्रकाश दाहाल, उपसचिव श्रीधर गौतम, लेखा उपसचिव, पार्वती शर्मा, शाखा अधिकृत नवराज पराजुली रहेका छन् । टोलीमा रहेका
प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत उपसचिव यम तिवारीको सेटिङमा उनीहरु भागेको तथ्य खुलेको छ ।
सहसचिव रेग्मी भने आफूहरूको कोरोना टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर आएको बताए । होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर आएको उनको भनाइ छ ।

विमानस्थल अध्यागमन उच्च स्रोतका अनुसार दक्षिण अफ्रिकाबाट सरकारी अधिकारीकाे टाेली बिहान ८ बजे नेपाल झरेका थिए । उनीहरु नेपाल झरेकाे सूचना पाएसँगै स्वास्थ्य मन्त्रालयले विमानस्थलमा उच्च सतर्कता अपनाएकाे थियाे ।

इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डा. हेमन्त ओझाले विमानस्थल हेल्थ डेस्कका संयाेजक गाेपाल पाण्डेलाई क्वारेन्टाइन पठाउन निर्देशन दिएका थिए । तर, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयका ती कर्मचारी हाेटल क्वारेन्टाइन बस्नु पर्ने भएपछि भागेका छन् । यस विषयमा विमानस्थल हेल्थ डेक्सले कुनै जवाफ दिएकाे छैन ।

मुख्य सचिव शंकरदास बैरागीले उनीहरुलाई हाेटल क्वारेन्टाइन नराख्न दबाब दिएकाे बुझिएकाे छ । स्वास्थ्य मन्त्रालयका अधिकारीकाअनुसार पावर हुनेहरुले नै देशमा महामारी भित्राईरहेका छन् । उनीहरु बसेकाे एरियामा सचेत हुन अन्य नागरिकलाई स्वास्थ्यले अनुराेध गरेकाे छ ।

विश्व बैंकको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको प्रमुखमा सहसचिव रेग्मी रहेका छन् । उनको नेतृत्वमा ८ सदस्यीय टोली तान्जानिया गएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रेग्मी, सहसचिव दाहाल, उपसचिव गाैतम, लेखा उपसचिव शर्मा, शाखा अधिकृत नवराज पराजुली र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव तिवारी फर्किसकेका छन् ।
भन्सार विभागका निर्देशक सुरेश सेढाईं र अर्थ मन्त्रालयका उपसचिव खिम कुँवर भने भोलि फर्किने कार्यक्रम रहेको छ । (साभार swasthyalive )

सम्बन्धित पोस्ट
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑